२०७५ जेष्ठ ६, आइतवार

अब फुटपाथमा व्यापार गर्न नपाईने

May 6, 2018
83 Views
Spread the love
  • 62
    Shares

काठमाडौँ । काठमाडाैं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिने भएको छ ।

यसअघि फुटपाथमा साँझ ५ बजेपछि व्यापार गर्न पाइन्थ्याे । तर अब महानगरले फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको जनाएको छ ।

‘सहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको तथा पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था आएको’ भन्दै महानगरपालिकाले साँझको समयमा चल्दै अाएकाे फुटपाथ व्यापार राेक्न लागेकाे हाे । फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु भएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

उनले बेलुकी ६ देखि राति १० बजेसम्म पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्न लागिएको जानकारी दिए । फुटपाथ अतिक्रमण गर्नेलाई हुने कारबाही हुने जानकारी दिँदै उनले भने, ‘अटेरी गर्नेको सामान जफत हुनेछ र जफत सामान पुनः फिर्ता दिइनेछैन । यसरी जफत गरेकाे सामान लिलामीमार्फत बिक्री गरिने समेत उनले बताए । अहिलेसम्म फुटपाथमा व्यापार गर्नेको सामान जफत गरेपछि परिमाणअनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराएर महानगरपालिकाले छोड्दै आएको छ । तर अब भने सामान फिर्ता नगरेर लिलामी नै गर्ने गरी प्रक्रिया अघि बढाइएको उनकाे भनाइ छ ।

काठमाडौँको रत्नपार्क, कलङ्की, नयाँबसपार्क, कोटेश्वर, गौशालालगायतका स्थानमा फुटपाथ व्यापार अधिक हुने गरेकाे छ । यस्तै जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कालीमाटी, गोंगबु, सुन्धारा, न्यूरोडलगायतका क्षेत्रमा पनि फुटपाथ व्यापार मौलाएको छ । तर अब सरकारले कडाइ गरेसँगै फुटपाथ व्यापारीहरूले विकल्प खाेज्नुपर्ने भएको छ ।

Facebook Comments
  • 62
    Shares

You may be interested

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

himal post - २०७५, ६ जेष्ठ १७:०३

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली…

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)

himal post - २०७५, ६ जेष्ठ १६:५९

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन…

बल्ल देवी ज्ञवालीमाथि न्याय गर्यो नेकपाले
राजनीति
0 shares16 views
राजनीति
0 shares16 views

बल्ल देवी ज्ञवालीमाथि न्याय गर्यो नेकपाले

himal post - २०७५, ६ जेष्ठ १६:५३

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका तत्कालिन एमालेका नेता देवी ज्ञवालीले अन्ततः न्याय पाएका छन् । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)…