‘३ राष्ट्रका कन्सल्टेन्सीको पहिलो फेयर हो ’ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

‘३ राष्ट्रका कन्सल्टेन्सीको पहिलो फेयर हो ’



बुटवल मिलनचोकमा रहेको फस्ट स्टेप एजुकेशन कन्सल्टेन्सीले आउँदो चैत ९ र १० गते बुटवलमा एजुकेशन फेयर तथा सिइएसटी छात्रवृत्ति दिने कार्यक्रम गर्दैछ । फस्ट स्टेप विगत १० वर्षदेखि बुटवलका रहेर विद्यार्थीहरूलाई शैक्षिक परार्मश दिँदै आएको छ । साथै कन्सल्टेन्सीले छात्रवृत्तिको कार्यक्रमलाई पनि अगाडि सारेको छ । मेला र वार्षिकोत्सवको अवसरमा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अमित पौडेलसँग हिमाल पोष्टका लागी सहसम्पादक प्रदीप आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

तपाइँहरूले यो फेयर आयोजना गर्नुको उद्देश्य के हो?

हामीले आउँदो चैत ९ र १० गते अर्थात् (२३ र २४ मार्च) का दिन बुटवलको आम्रपाली कटेजमा एजुकेशन फेयर र प्रदेशमै पहिलो पटक विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम राखेका छौं । छात्रावृत्ति कार्यक्रम हाम्रो प्रदेश नम्बर पाँचमा नै पहिलो हो । हाम्रो अष्ट्रेलिया, न्यूजील्याण्ड र भारत अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श दिनको लागि यो कार्यक्रम आयोजना गरेका हौँ । हामी विगतमा पनि एजुकेशन फेयर गर्दै आएका छौं । अहिले पनि विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिन कार्यक्रम गर्ने तयारीमा लागेका छौं । छात्रवृत्ति कार्यक्रम र एजुकेशन फेयर एउटै स्थान (आम्रपाली कटेज) मा हुनेछ । छात्रवृत्तिमा सहभागी भएपछि विद्यार्थीहरू शैक्षिक परामर्श लिनेछन् ।

छात्रवृत्ति कार्यक्रम के हो? विद्यार्थीहरूले कसरी सहभागी हुन पाउँछन्?
हामीले आउँदो चैत ७ गतेसम्मका लागि फारम वितरण गरेका थियौँ । उक्त फारमहरू विभिन्न कलेजहरूमा पनि वितरण गरेका छौं । छात्रवृत्ति परीक्षामा कसरी सहभागी हुने भन्ने कुरामा हामीले १ घण्टाको परीक्षा राखेका छौं । जहाँ ६० वटा वस्तुगत प्रश्नहरू हुन्छन् । उक्त प्रश्नहरूमा रहेर उत्तर दिने हो । जसले सबैभन्दा धेरै उत्तर मिलाउनेछन् । उसले पहिलो छात्रवृत्ति पाउनेछ । हामीले पहिलो हुनेलाई १ लाख, द्वितीय हुनेलाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, ६ देखि १० औं रेङ्क ल्याउनेलाई १० हजार र ६ देखि ५० रेङ्क ल्याउनेलाई सहभागीलाई ५ हजार रूपैयाँ दिने व्यवस्था मिलाएका छौं । अहिलेसम्म ८ सय विद्यार्थीले फारम भरेका छन् । विभिन्न विद्यालयहरूले भरेका फारम आएका छैनन् । २ हजार विद्यार्थीहरू सहभागी हुने हाम्रो अपेक्षा छ । कार्यक्रममा भाग लिन कक्षा ११ उत्तीर्ण गरेको हुनुपर्नेछ ।

फेयरमा कति कलेज ÷ युनिभर्सिटी सहभागी छन्?

हामीले विशेष गरी अष्ट्रेलिया, न्यूजल्याण्ड र भारतमा विद्यार्थीहरू अध्ययनका लागि पठाउँदै आएका छौं । कार्यक्रममा अष्ट्रेलिया, युएसए र भारत गरी ३ वटै देशका गरी २० भन्दा बढी कलेजका प्रतिनिधिहरू आएर विद्यार्थीहरूलाई त्यहाँको शिक्षा, छात्रावृत्ति, हावापानी र वातावरणदेखि सबै कुराहरू विद्यार्थीहरूलाई जानकारी गराइने छ । एउटा कलेजका एउटा स्टल राखिने छ । त्यसै आधारमा २ वटा छट्टा छुट्टै स्टलहरू हुनेछन् । जहाँ विद्यार्थीहरूले बसेर आफ्नाले कुन विषय अध्ययन गर्ने र कुन कलेज छनौट गर्नेलगायतका विषय गहिराईमा पुगेर बुझ्न पाउनेछन् । २० वटा स्टलमा रहेर विद्यार्थीहरूले बुझ्न पाउने छन् ।

सहभागीलाई के छ उपहार ?

शैक्षिक महोत्सवमा सहभागी विद्यार्थीहरू आफू अध्ययन गर्न जान चाहेको देशको लागि प्रोसेस गर्दा भारी छुट हामीले दिनेछौं । त्यसका साथै हरेक दिन लक्की ड्रमार्फत स्मार्ट मोबाइल फोन पनि विद्यार्थीहरूले पाउनेछन् । कार्यक्रम बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म चल्नेछ ।

फस्ट स्टेप कहाँ कहाँ छ ?
हाम्रा शाखा त्यति धेरै त छैनन् । ३ वटा छन् । तर, सम्पर्क कार्यालयहरू धेरै छन् । चितवन, दाङ, विराटनगर, जनकपुर, दमक, इटहरी, विर्तामोर्ड र पोखरामा हाम्रा सम्पर्क कार्यालयहरू रहेका छन् । हामीले भारतमा २ हजार, अष्ट्रेलिया १ सय र न्यूजील्याण्डमा ३० जना विद्यार्थीलाई पठाइसकेका छौं ।