फिल्म ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

फिल्म ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक



फिल्म ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रक आयोजना गरि कमेडी संवादले भरिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।एउटा प्राइमारी स्कुलकी शिक्षिकालाई आफ्नो बनाउँन स्कुलका प्रिंसिपल, नेपाली शिक्षक र स्कुलकै पाले लागि पर्छन्, यसैको वरिपरि फिल्मको कथा घुमेको छ । फिल्ममा भोलाराज सापकोटा, गौरभ पहाडी, अभय बराल र निशा अधिकारी मुख्य भूमिकामा छन् ।

https://www.youtube.com/watch?v=js1TwNzhp1w

आकाश पल, प्रमोद अग्रहरी, कमल गाउँले, सदभाव थापा लगायतको पनि फिल्ममाल अभिनय छ । असार २२ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारी गरिएको छ । फिल्म आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।‘कुम्भ करण’ लाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल हुन् ।