फेसबुकको Year in Review फिचरमा मनपरेको फोटो हाल्न सकिन्छ थाहा छ ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

फेसबुकको Year in Review फिचरमा मनपरेको फोटो हाल्न सकिन्छ थाहा छ ?



सोसल नेटवर्किंग साइट फेसबुकले Year in Review फिचर ल्याएको छ । जस अनुसार फेसबुक प्रयोगकर्ताले पर्सनलाइज्ड भिडियोमा वर्ष २०१६ का आफ्ना संस्मरण हेर्न पाउनेछन् ।

फेसबुक लगइन गरिसकेपछि न्युजफिडको सबैभन्दा माथि तपाइँले एक पर्सनलाइज्ड भिडियो देख्नुहुनेछ । यसमा तपाइँको प्रोफाइलका केही हाइलाइट्सलाई सामेल गरिएको हुन्छ ।

यो भिडियोलाई त्यहीँ हेर्न वा आफ्नो टाइमलाइनमा शेयर गर्न पनि सकिन्छ । फेसबुकले यो फिचरलाई विस्तारै जारी गरिरहेको छ । सबै प्रयोगकर्तालाई एकैपटक उपलब्ध गराएको छैन र क्रमिक रुपमा प्रयोगकर्ताले यो फिचर आफ्नो टाइमलाइनमा देख्नेछन् ।

प्रयोगकर्ताको वार्षिक समीक्षाको भिडियो तयार हुनेबित्तिकै फेसबुकले नोटिफिकेसन दिनेछ । जसमा ट्याप गरेर सिधै भिडियो हेर्न सकिन्छ । आफ्नो टाइमलाइनमा भिडियो शेयर गर्नुअघि त्यसलाई सम्पादन पनि गर्न सकिन्छ र त्यहाँ राखिएका मन नपर्ने तस्वीर हटाउन पनि सकिन्छ ।