बिक्रम योगीको “फेरी त्यो दिन” युट्युबमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बिक्रम योगीको “फेरी त्यो दिन” युट्युबमा



अस्ट्रेलियामा बसेरपनि साङ्गीतिक क्षेत्रमा कटिबद्द विक्रम योगीको “ फेरी त्यो दिन” युट्युब मार्फत रिलिज गरिएको छ ।

अध्ययनका लागी अस्ट्रेलियामा रहेका विक्रम योगीको नयाँ गीत “ फेरी त्यो दिन” सार्वजनिक गरिएको हो । अध्ययनको सिलसिलामा अस्ट्रेलिया रहेपनि आफ्नो मातृभूमि प्रतिको स्नेह ,माया र आफ्नो पनलाई मेटाउन नेपाली गीतलाई बजारमा ल्याईएको योगीले बताए । आफू नेपालमा रहँदापनि साङ्गीतिक क्षेत्रका लागि धेरै काम गरेकाले आफूलाई समयले जहाँ पुयाएपनि नेपाली कला संस्कृतिको माया ,आफ्नो पन सधैँ साथमा रहने योगीको भनाई छ ।

उक्त गीतको एरेन्ज स्वयंम योगि र सतिस थापाले गरेका छन् भने छायाङ्कन सञ्जय राज पुरी र रेसम प्याकुरेलको रहेको छ । यस्तै गीतको सम्पादन र रङ्ग संयोजन निर्मल प्याकुरेलले गरेका छन् । गीतको छायाङ्कन आधा भन्दा बढी अस्ट्रेलियामा गरिएको हो भने केही भाग सुर्खेतमै गरिएको छ । गीतको मुख्य अभिनयमा समीर कार्की र सिता सिंह ठकुरीको रहेको छ ।

https://youtu.be/hThpiD1L6SE