एकदिवसीय महिला क्रिकेटमा ४९० रनको विश्व रेकर्ड - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एकदिवसीय महिला क्रिकेटमा ४९० रनको विश्व रेकर्ड



न्यूजिल्याण्ड महिला क्रिकेट टिमले शुक्रबार एक दिवसीय अन्तर्राष्ट्रियमा विश्व रेकर्ड बनाएको छ। न्यूजिल्याण्डले शुक्रबार आयरल्याण्डविरूद्ध सर्वाधिक उच्च स्कोर बनाउनुका साथै सर्वाधिक रनले जितको रेकर्डसमेत बनाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४ विकेट गुमाएर ४९० रनो बिशाल योगफल तयार पार्‍यो। यो स्कोर महिला र पुरूष क्रिकेटमै एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन हो।

किवी टीमका लागि कप्तान सुजी बेट्सले सर्वाधिक १५१ रन बनाइन्। उनले मात्र ९४ बलमा २४ चौका र २ छक्का प्रहार गर्दै उक्त स्कोर बनाएकी हुन्।

यस्तै ७७ बल खेलेकी म्याडी ग्रीनले १२१ रन बनाइन्। उनले १५ चौका र १ छक्का प्रहार गरिन्।

यस्तै अमेलियाले ८१ तथा जदेस वाकिसनले ६२ रन जोडेका थिए।

आयरल्याण्डका लागि कारा मुर्रेले १० ओभर बलिङ गर्दै ११९ रन खर्चिएर २ विकेट लिइन्। यस्तै लारा मारिट्जले ग्याबी लेविसले समान ९२ रन खर्चिएर १-१ विकेट लिए।

४९१ रनको बिशाल लक्ष्य पछ्याएको आयरल्याण्ड ३५.३ ओभरमा अलआउट हुँदै मात्र १४४ रनमा समेटियो। उसका लागि कप्तान लाउरा डेलान्सीले सर्वाधिक ३७, जेनिफिर ग्रेले ३५ तथा गाबी लेविसले २० रन बनाउनुबाहेक अन्यले टिकेर खेल्न सकेनन्।

किबी टिमका लागि लेग कासपेरेकले सर्वधिक ४ विकेट लिइन्।

यसअघि महिलाको अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वोच्च स्कोरको रेकर्ड न्यूजिल्याण्डकै नाममा थियो। किवी महिलाले पाकिस्तानविरूद्ध सन् १९९७ मा पाँच विकेट गुमाएर ४५५ रन बनाएका थिए।

पुरूष क्रिकेटमा एक पारीमा सर्वोच्च स्कोर बनाउने रेकर्ड इंग्ल्याण्डको नाममा छ। सन् २०१६ मा इंल्याण्डले पाकिस्तानविरूद्ध ४४३ रनको स्कोर बनाएको थियो।