एसियाकै तेस्रो ठुलो कम्युनिष्ट शक्ति नेपालमा ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एसियाकै तेस्रो ठुलो कम्युनिष्ट शक्ति नेपालमा !



काठमाडौं – एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिष्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ ।

एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल बनेको छ ।

एसियामा चीन भियतनामपछि नेपाल कम्युनिष्ट पार्टी तेस्रो दल बनेको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छ ।

यी तिनै देशमा कम्युनिष्ट पार्टी सत्तामा छ । चीन र भियतनाममा सशस्त्र विद्रंोहबाट सत्तामा पुगेका कम्युनिष्ट पार्टीले एक दलीय शासन गर्दै आएका छन् ।

नेपालमा भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट कम्युनिष्ट सत्तामा पुगेका हुन् ।