वडा सदस्य सहित जुवाको खालबाट सात जना पक्राउ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

वडा सदस्य सहित जुवाको खालबाट सात जना पक्राउ



उदयपुर, असोज १४ ।

उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रबाट तास खेलिरहेको अवस्थामा वडा सदस्य सहित सात जना पक्राउ परेका छन ।

त्रियुगा नगरपालिका–११ स्थित होटल ए वान एलम्बरबाट शुक्रबार राती त्रियुगा नगरपालिका–११ का सदस्य विष्णुकुमार श्रेष्ठसहित सात जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टको कमाण्डमा खटि गएको प्रहरी टोलीले सर्च गर्ने क्रममा पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ११ का दुर्गाबहादुर श्रेष्ठ, सुरेश पराजुली, राजु तुलाधर, अरबिन खत्री, हिराकाजी राई, प्रमोद पोखरेल रहेका छन । पक्राउ परेका वडा सदस्य नेकपा एमालेबाट विजयी भएका हुन ।

होटलको तेस्रो तल्लामा हो हल्ला गरि तास खेलिरहेको अबस्थामा ५२ पत्ती तास र एक लाख ५६ हजार ४ सय ८५ नगदसमेत बरामद गरेको छ । यसअघि प्रहरीको सेटिङमा उक्त होटलमा जुवा तास खेलाईने गरेको सर्वसाधरणले आरोप लगाएका छन । प्रहरी प्रमुख नरबहादुर केसीको सेटिङमा जुवा तास खेलाईने गरेको थियो । उदयपुरमा प्रहरी प्रमुख परिवर्तनभएसँगै लागूऔषध, जुवातास, सार्वजनिक अपराधका घटनाहरुमा संलग्नहरु कानुनी दायरामा आएका छन ।

त्रियुगा नगरपालिका–११ ले जुवा तास रहित दशै मनाउनको लागि अभियान नै संचालन गरेको थियो । तर वडा सदस्यले दिनभर अभियान संचालन गरि जुवा तास नखेल्नु भन्ने तर राती राती आफै तास खेलिरहेको अवस्थामा पक्राउ परेकोमा त्रियुगा नगरवासी आश्चर्यमा परेका छन ।