एमाले सुनसरीका भीम आचार्यले धेरै गरे तर जनताका लागि माखो मारेनन । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले सुनसरीका भीम आचार्यले धेरै गरे तर जनताका लागि माखो मारेनन ।



-ओम प्रकाश बानियाँ,हाल: दोहा, कतार 

२४० वर्षको शाही शासन ढालेर जनताले लोकतन्त्र ल्याएको १ दशक भन्दा बढी भई सक्यो । संविधान जारी भएको पनि लगभग २ वर्ष भई सक्यो । तर पनि संविधान कार्यन्वयन हुन् सकेको छैन । विकासको कुरा त परै छोडौ अहिले । विकास भनेको त अहिले मानिसको नाम मात्र रहेछ भन्ने कुराले हाम्रो मनमा डेरा जमाई सक्यो ।

एउटा सासदलाई आफ्नो क्षेत्र विकास गर्ने कति वर्ष लाग्छ ४ वर्ष, ६ वर्ष, ८ वर्ष कि १० वर्ष कि अझै ? यस्तै प्रश्नको उत्तर अहिले सुनसरी बराह नगरपालिका जनता खोज्दैछन् । नेकपा एमालेका केन्द्रीय सचिव एवम् १ नम्बर प्रदेश ईन्चार्ज भीम आचार्य सँग । बराह नगरपालिका अहिले भरौल, महेन्द्रनगर, बराहक्षेत्र, प्रकाशपुर र मधुवन गरी ५ गाविस मिलेर बनेको छ ।

पहिला सुनसरीमा ६ वटा क्षेत्र रहेको थियो । अहिले ४ वटामा झारिएको छ । आचार्यले सुनसरीमा ६ वटा क्षेत्र हुँदा ६ नम्बर बाटै चुनाव लड्थे । त्यस बेला क्षेत्र न. ६ बक्लौरी, भरौल, महेन्द्रगर, बराहक्षेत्र, प्रकाशपुर, मधुवन, बिष्णुपादुका आदि गाविस मिलेर बनेको थियो । पहिलो संविधान सभाको चुनावमा देश भरी बाटै माओवादीले विजय हासिल गर्दा जनताले विकासको आस राखेर उनलाई भोट गरे फल स्वरूप आचार्यले त्यस क्षेत्र बाट बाजी मारे र सासद भई पार्टीको प्रवक्ताको समेत जिम्मेवारी लिन भ्याए ।

भैसीले पाडा पाए पनि पाडी पाए पनि गोठालाले पाउने बिगौती नै त रहेछ । भन्ने उखान सत्य साबित जस्तै भयो । एमाले, काङ्ग्रेस, माओवादी जसले जिते नि आखिर हाम्रो जीवनमा केही फेरिएन । फेरियो त सिरिफ नेताको जीवन शौली र उनको आसे पासेको जीवन शैली । गरिब, विपन्न जाहीका तेहि छन् ।

पछिल्लो एक दशकमा जनताले धेरै सुनेको शब्द लोकतन्त्र, गणतन्त्र र राजतन्त्र हुन् । अन्तिममा अर्थात् पुच्छरमा तन्त्र जोडिएको यी शब्दहरूले नेपाली नेपाली बिचमा युवा-युवा बिचमा फाटो ल्याएको छ, धुर्वकृत गरेको छ ।

पहिलो संविधान सभा विफल भए सँगै दोस्रो संविधान सभाको चुनावको मिति तोकियो । पहिला हरेक कामको चापले ब्यस्थ भएको र भने जतिको काम गर्ने नसकेको स्वीकार दै दोस्रो संविधान सभाको चुनावमा घर-घरमा नमस्ते गर्ने आचार्य लुरु लुरु आए । ८ वटै गाविसको घर घर घुम्दै कुना काप्चा समेत पसेर भोटको लागि हात पसारे । यो पालि आफूले सक्दो काम गर्ने बताए । सोझा जनता आचार्यको मन्त्रमा लठ्ह भए र दोस्रो पल्ट त्यस क्षेत्र बाट विजय गराए ।

विकासको मन्त्र मात्रै जपी रहने ती नेताले फेरि सबैको आखामा छारो हाले । त्यही गरिब जनताले दिएको भोट बाट सुशील कोइरालाको सरकारमा उनी एमालेको तर्फबाट सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत भए । भोट माग्न आउँदा सबै घर गएका आचार्य मन्त्री भैसके पछि १ दिनमै ८ वटा गाविस घुम्न भ्याए । त्यस बेला क्षेत्र न. ६ का एमाले मात्र होइन काङ्ग्रेस, माओवादीका कार्यकर्ता समेत छाती चौडा गरेर हिड्थे ।

उनी सस्कृति पर्यटन मन्त्री हुँदा यहाँ जनताले यस क्षेत्रको मात्र होइन । पुरै सुनसरी जिल्लाको विकासको अपेक्षा गरेका थिए । क्षेत्र न. ६ मा विभिन्न सास्कृतिक, पर्यटकीय क्षेत्रहरू धेरै छन् जसको प्रचार प्रसार र सरक्षण नहुदा लोप हुने अवस्थामा पुगेको छ । उनी मन्त्री हुँदा धेरै आशा र अपेक्षा गरेका थिए तर त्यो आशा बालुवामा पानी हाले सरह भयो ।

विकासको खाका लिएर मन्त्री फेरि आउने छन् भन्ने आस गर्दा गर्दै सास बित्यो तर उनी आएनन् । अन्त्यमा उनी तर विकासको खाका लिएर होइन आफ्नो मन्त्री पद खुस्केको काहनी लिएर । सुनसरीमा धेरै सास्कृतिक पर्यटकीय ठाउँ छन्: बुढासुब्बा, दन्तकाली, पिन्डेशवरी, रामधुनी, बराहक्षेत्र, चतराघाम, रामधुनी आदि त्यस्तै पर्यटकीय क्षेत्रमा भेडेटार, कोशीटप्पु, उमाहा सिमसार, सप्तकोसी आदि ।

अन्त्यमा अब आउने चुनावमा समेत आचार्य प्रदेश सभाको क्षेत्र न. १ ख को उम्मेदवार भएका छन् । क्षेत्र न. १ को ख मा अहिले धरानको ११,१६,१७,१८,२० बराहको ३,४,५ र बक्लौरी को ६,७ रहेको छ । यसपालि जनताले धेरै सोच्ने बेला आएको छ गफ गर्नेलाई भन्दा पनि काम गर्नेलाई मतदान गरी आफ्नो ठाउँ सम्बृध बनाऊ ।