एमालेसँगै पार्टी एकता गर्नु थियो भने किन जनयुद्ध लड्यौ कमरेड प्रचण्ड ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेसँगै पार्टी एकता गर्नु थियो भने किन जनयुद्ध लड्यौ कमरेड प्रचण्ड ?



कर्ण बहादुर अधिकारी।

नेकपा एमाले र माओवादी केन्द्र बिच पार्टी एकता हुनै लागेको अवस्थामा मैले सामाजिक सञ्जाल फेसबुक मार्फत कवितात्मक शैलीमा कमरेड प्रचण्डलाई केही कुरा भनेको थिए उक्त भनाई प्रति बिमति जनाउँदै एक जना माओवादी केन्द्र समर्थित मित्रले प्रतिक्रिया दिने क्रममा मलाई दक्षिण पन्थीको बिल्ला भिराउदै माओवादीका विषयमा केही जानकारी नभएको भन्नु भयो उहाँको यस प्रतिक्रियालाई सह्रस स्वीकार गरी मैले बुझेको देखेको भोगेको कुराहरू प्रस्तुत गर्न बाध्य भएको छु।

माओवादीले गरेका कार्यहरूलाई विस्तृत रूपमा चर्चा गर्ने हो भने माओवादी भित्र सकारात्मक पक्षको भन्दा पनि नकारात्मक पक्षको हाबी भएको हामी पाउँदछौ।दक्षिण पन्थी र पश्चिमाहरूको आडमा विक्रम संबत २०५२ साल फागुन २ गतेबाट हतियार उठाएर शस्त्र जन युद्धमा होमिएका माओवादीले सर्वहारा वर्गको उत्थान र जातीय पहिचान सहितको सङ्घीयता दिलाई दिन्छु भन्दै हजारौँ गरिब,दलित,अल्पशंख्यक र जनजातिका स्कुल अध्ययन गर्दै गरेका कलिला भाइ बहिनीहरूलाई बुर्बुजा शिक्षा प्रणालीको काम छैन भन्दै बम र बारुदको झोला बोकाएर युद्धमा उतारेका थिए।ती कलिला बाल मस्तिष्कमा तत्कालीन सरकारको विषयमा नकारात्मक कुराहरू सृजना गर्दै विकटका बस्तीहरू,जङ्गल,पहाडका कुना कन्दराहरूको सहारा लिँदै गुरिल्ला तालिममा उतारेका थिए।

चरम रूपमा बाँहुन वादको विरोध गर्ने माओवादीले आफ्नो पार्टीको माथिल्लो तहमा ती बाहुन र क्षेत्रीहरूलाई नै चयन गर्नु गराउनु लज्जा स्पद कुरा थियो।जुन कुराले २०५२ साल देखि वर्तमान अवस्था सम्म पनि निरन्तरता पाई रहेको छ।अहिले माओवादी केन्द्र र एमाले बिच पार्टी एकताका लागि ७ बुँदे सहमति भए पनि टाउँकेहरू बाँहुन नै छन् र बाँहुनहरूले नै चलाउने छन्।अब तपाईँ नै भन्नु होस तत्कालीन माओवादीले जातीयताका कुरा लिएर जनयुद्धमा होमीनु जायज थियो त ?

शान्ति सम्झौताका नाममा तत्कालीन गिरिजा बाबुको सरकार र माओवादी बिच युद्ध बिराम र वार्ता भएकै हो।उक्त वार्ताको माहौल पनि काँग्रेसले नै मिलाएको हो भन्दा फरक नपर्ला तर त्यस समयमा सरकारले आर्मीका माथिल्ला तहकाहरूलाई विश्वास गरी दिनाले आर्मीबाट सूचनाहरू लिक हुँदा होनाहार सिपाहीहरूको हत्या गरिएको थियो।माओवादीका टाउँकेहरू हाउगुजी बनी रहेको अवस्था शान्ति वार्ता मार्फत टुँडिखेलमा ल्याएर लोकतन्त्रको लागि लडाई लड्न काँग्रेसले सिकाएको र देखाएको भन्दा फरक पर्दैन।माओवादीलाई लोकतान्त्रिक धारमा हिँड्न सिकाउने काँग्रेस हो की होइन?काँग्रेसले यसरी शान्ति प्रक्रियामा ल्याई रहँदा एमाले किन मौन बस्यो?यस्ता धेरै अनुतरीत प्रश्नहरू छन्।

१० बर्से जन युद्धमा लुटिएका नेपालका विभिन्न बैङ्कहरूको रकम के मा खर्च गरियो र कस्तो अवस्थामा छ भन्ने कुराको न त माओवादीले रेकर्ड राख्यो न त तत्कालीन सरकारले नै। त्यही पैसाबाट माओवादीका केही ठुला नेता देखि कार्यकर्ताहरूले समेत निजी बिलासिताका लागि महल बनाउन सफल भए,कोहीले तारे होटेलमा लगानी गरे त कोहीले मेडिकल कलेजहरूमा लगानी गर्दै मालिक बन्न भ्याए।

घरबार नै नभएकाहरू पनि करोडौको मालिक बने।माओवादी २०६२/६३को लोकतान्त्रिक आन्दोलन पश्चात् राजतन्त्रको अन्त्य भई बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा कमरेड प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री बन्न सफल भए भने जनार्दन शर्मा,टोप बहादुर रायमाझी,अग्नि सापकोटा,कृष्ण बहादुर महरा,बर्षमान पुन लगाएतकाले मन्त्री बन्ने अवसर पाए ओनसरी घर्ति सभामुख भए भने अन्य कार्यकर्ताहरूले सरकारको उच्च तहमा रहेर काम गर्ने अवसर पाए।कोही सुन तस्कर भएर निस्किए,कोही योग्य लडाकु भएर सेना समायोजन पश्चात् नेपाली सेना भए भने कोही अयोग्य लडाकु ठहर हुँदै जीवन जिउनकै लागि साँउदी कतारको ५० डिग्री तापक्रममा काम गर्न विवश भए त्यो रहर नभएर बाध्यता थियो।

केही पूर्व लडाकुहरू आजको दिन सम्म पनि शरीरका विभिन्न भागहरूमा बम र बारुदको छर्राका कारण अर्ध मुर्छित अवस्थामा जीवन बाँची रहेका छन्।यसरी देश र समाज परिवर्तन गर्छु भनेर हिँड्ने युवाहरू विदेशी भूमिमा ५० डिग्री तापक्रममा काम गरेर जीविका पार्जन गर्न बाध्य बनाउने माओवादी नै होइन र ! माओवादीका कार्यकर्ताले अझै पनि राजतन्त्र ढाल्ने माओवादी नै हो भने त्यो गम्भीर भुल हुनेछ।माओवादीलाई अन्य राजनीति दलले सहयोग नगरेको भए सम्भव थिएन।२०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनमा सारथीको काम गर्ने नै काँग्रेस हो किनकि गिरिजा बाबुले जहिले पनि भन्नु हुन्थ्यो सहमति र सहकार्यका बारेमा।राजतन्त्र अन्त्ये गराउने प्रमुख योजनाकार नै गिरिजा बाबु हुन।

माओवादी १० बर्से जनयुद्धमा राम्रा भन्दा नराम्रा कार्यहरूले प्राथमिकता बढी पाए।सुराकीका नाममा चाहे राज्य पक्षबाट होस चाहे माओवादीबाट नै किन नहोस् व्यक्तिगत स्वार्थ मेटाउनकै लागि भए पनि दुवै तर्फबाट चरम रूपमा मानिस मारियो र मानव अधिकारको हनन हुन गयो।भौतिक संरचनाहरू तहस नहस भए।१७ हजार भन्दा बढी मारिए भने लाखौँ बिस्तापित भए अझै पनि बिस्तापित भएकाहरू पुन फर्की सकेका छैनन्।केही सीमित व्यक्तिहरू आर्थिक रूपमा सम्पन्न भए।गरिब अल्पसङ्ख्यक,जनजाति र दलितहरूका लागि केही त्यस्ता नयाँ योजना ल्याउन सकेनन्।जसको परिणाम लाखौँ लाख युवाहरू बिदेशीन बाध्य भए।द्वन्दको समयमा मारिएका कुशल पत्रकार डेकेन्द्र थापा लगायतका अन्य पत्रकारको आत्माले अझै पनि माओवादीहरूलाई सरापी रहने छ।

कलमको सामु हतियार पनि झुक्न बाध्य गराए ती पत्रकारहरूले।न त ती पत्रकारहरूलाई नेपालले भुल्न सक्छ न त नेपाली जनताले नै।जन युद्धमा मारिएका यौद्धाहरूको भावना माथि कुठाराघात गर्दै माओवादी वर्तमान समयमा माओवादीमा बिलय हुनु राम्रो थिएन।३ टुक्रामा बिभाजित भएको माओवादी अन्त्येमा एमालेमा बिलय हुनै लाग्दा जनता जान्न चाहन्छ कमरेड प्रचण्ड यदि माओवादी एमालेमा नै बिलय हुने हो भने १० वर्ष जनयुद्धको मन्चन किन गरियो।