एमाले र माओवादी केन्द्र नाम मात्रको कम्युनिस्ट हुन। - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एमाले र माओवादी केन्द्र नाम मात्रको कम्युनिस्ट हुन।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

कुनै बेला उदारवादलाई पुँजीवाद नै हो भनेर विरोध गर्ने साम्यवादीहरू नै वर्तमान समयमा उदारवादमा समावेश भइरहेको हामी भेट्दछौ।साम्यबाद र उदारबाद एक अर्काको परस्पर विरोधी दर्शन भए पनि समयको माग र मानव जीवनको जीवन शैलीका कारण साम्यबादीहरूले उदारबादी दर्शनलाई अवलम्बन गर्न विवश छन्।

विश्वका केही राष्ट्रहरू चीन,भियतनाम,क्युवा र उत्तर कोरियामा साम्यबादी शासन लागु भए पनि त्यस मध्यका चीन र भियतनामले उदारबाद अर्थात् पुजिबादको नीतिलाई अवलम्बन गरेकै कारण विश्व समुदायमा आफ्नो छविलाई राम्रो बनाउनुका साथै विकासको मार्गमा अग्र पंक्तिमा बढी रहेको छ।स्टालिन र माओको बन्द समाजलाई ज्ञान र सूचनामा आधारित अहिलेको समयले स्वीकार्दैन भन्ने कुराको ज्ञान उनीहरूलाई भएकै हुनु पर्दछ।२०औं शताब्दीको राजनीतिक दर्शन र आन्दोलनको मूल मर्म भनेकै स्वतन्त्रता हो भन्ने कुरालाई मध्यनजर राख्नु पनि जरुरी छ।

नेपालको वर्तमान राजनीति माहौललाई हेर्ने हो भने बाम गठबन्धनका नाममा बिशेषत नेकपा एमाले र माओवादी केन्द्र एक जुट भएर सबै कम्युनिस्ट एक हौ भन्दै केपी ओली र प्रचण्डले चुनावी तालमेल गर्दै छन्।सभा सम्मेलनमा साम्यबाद नै हाम्रो उदगम स्थल हो भन्ने प्रचण्डले १० बर्से जन युद्धको समयमा बन्दुकको नालबाट सत्ता कब्जा गर्न सकिन्छ भन्ने भ्रमको पर्दालाई च्यात्दै प्रतिनिधि सभा मार्फत जनता माझ पुग्ने चेष्टा गरे।विश्व समुदायबाट साम्यबाद लोप हुँदै गई रहेको अवस्थामा नेपालमा साम्यबादको नाममा अधिनायकबाद लाद्न खोज्नु पक्कै पनि राम्रो होइन र यो सम्भव पनि छैन।जसरी भाषण बोल्छन त्यो कुरा व्यवहारमा लागु हुन कठिन छ।

यदि नेपालमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्यायो भने यसले नेपालका अन्य राजनीति दलहरू प्रति चरम अहिष्णु सृजना गर्छ प्रजातन्त्रका आधरभुत स्तम्भहरू भत्काउछ राज्यका सुरक्षा,न्यायलयहरूमा आफ्नो प्रभुत्व कायम गर्दछ,कम्युनिस्ट भए सहज तवरले जीविको पार्जन गर्न सकिने र नभए जनताको हित विपरीत कार्य गर्ने छ।

आफूलाई मार्क्स, लेलिन र माओको अनुयायी ठान्ने नेपालका कम्युनिस्टहरू साम्यबादी नभएर अबसरबादी वामपन्थी हुन।नेपालका कम्युनिषहरूको राजनीति मार्क्सले भने जस्तो बर्गीय नभएर जनताको लागि राजनीति भई रहेको छ वर्ग भित्र सबै जनता अट्न सर्दैन तर जनता भित्र सबै वर्गहरू अट्न सक्छन्।त्यस कारण नेपालका कम्युनिस्टहरू खासै भन्नु पर्दा नाम मात्रको कम्युनिस्ट हुन।अहिलेको राजनीति माहौल हेर्दा अङ्क गणितीय हिसाबले गठबन्धन अगाडी देखिए पनि परिणाम त्यस्तो नहुन पनि सक्छ।