एमाले र माओवादी एकता इतिहासको आवश्यकता :रायमाझी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एमाले र माओवादी एकता इतिहासको आवश्यकता :रायमाझी



माओवादी केन्द्रका नेता तथा सांसद टोपबहादुर रायमाझीले एमाले र माओवादी बिच एकतालाई इतिहासको आवश्यकता भएको बताए। सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा कुराकानी गर्दैं रायमाझीले उक्त कुरा बताएका हुन्।

सरकार बनाउने र ढाल्ने खेल चलिरहेको थियो देशमा बामपन्थीको जनमत दुई तिहाईको हाराहारीमा थियो त्यसैले तर अलग-अलग रहेका बामपन्थीहरु मिलेर राजनीतिक स्थिरता कायम गर्दैं शान्ती,सुशासन र समृद्धिको लागी दुई पार्टी एकिकरण भएको रायमाझिले बताए।

तत्कालीन माओवादीले युद्ध लड्दा राज्यसत्ता एकलौटी रुपमा प्राप्त गर्ने उद्धेश्यले लडेको थियो।लड्दै जाँदा सरकार र बिद्रोहीले- अर्कालाई सिध्याउने खेलमा लाग्दा धेरै ठूलो क्षति बेहोर्नु पर्ने अवस्था आयो र राष्ट्र नै नरहने पो होकी भन्ने स्थिती पैदा भएर शान्ति सम्झौंता गरेको रायमाझिको भनाई छ।

२०५२ सालमा जनयुद्ध शुरु हुनु अघि ४० बुँदे माग पेश गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ति माग पुरा गरिदिएका भए सशस्त्र द्धन्द हुने थिएन माग पुरा नगरीदिएकाले युद्धमा जान बाध्य भएको रायमाझिले जिकिर गरे।

माओवादी युद्ध रहर नभएर देशको समृद्धि,विकाश र सुशासनको लागी बाध्यता भएको बताउँदै रायमाझिले अगाडी भने- ‘कम्युनिस्टहरु शान्तिप्रेमी हुन्छन्,कम्युनिस्टहरु जस्तो शान्तिप्रेमी अरु कोहि हुँदैनन्।’

हेर्नुहोस् रायमाझीसँगको पुरा कुराकानी