एक्कासी जहाज खस्यो, १ सय भन्दा बढीको मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एक्कासी जहाज खस्यो, १ सय भन्दा बढीको मृत्यु



क्युवामा उडिरहेको विमान एक्कासी दुर्घटना हुँदा १०० जना भन्दा धेरैको ज्यान गएको छ । राजनधान हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा क्युवाको सरकारी एयरलाइन्स क्युवाना डी एविएसनको बोइङ्ग ७३७ विमान दुर्घटना भएको र त्यसमा रहेका अधिकांश यात्रुको ज्यान गएको क्युवाको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

दुर्घटनमा तीनजना बाँच्न सफल भएका छन्, तर उनीहरुको अवस्था गम्भीर रहेको क्युवाको कम्युनिष्ट पार्टी पत्रिका ग्रान्माले जनाएको छ । नेपाली समय अनुसार शुक्रबार राति ९ बजेर ५३ मिनेट बोइङ्ग ७३७ ले क्युवाकै होग्गुइन शहरका लागि उडान भरेको थियो ।

विमान दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारका लागि एम्बुलेन्ससहित उद्धारकर्मी । तस्बिर : एएफपी/गेट्टी इमेज
विमानमा यात्रु तथा चालकदलका सदस्य गरी ११० जना रहेको बताइएको छ । चालकदलका ६ सदस्य मेक्सिकन नागरिक रहेको र यात्रु सबै क्युवाकै नागरिक रहेको बताइएको छ ।

सन् १९७९ मा बनेको विमानको जाँच गएको नोभेम्बरमा गर्दा राम्रो देखिएको विमान सञ्चालन गर्दै आएको मेक्सिकन कम्पनी एइरोलाइन्स डामोज्हले जनाएको छ ।

हवानाको विमानस्थल नजिकै बोयीरोस–हवाना राजमार्गमा विमान खखसेको रेडियो हवानाले जनाएको बिबिसीले उल्लेख गरेको छ ।