अभाने एकता मंच, पञ्चकुला जिल्ला सम्मेलन सम्पन्न - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अभाने एकता मंच, पञ्चकुला जिल्ला सम्मेलन सम्पन्न



नयाँ दिल्ली 

अखिल भारत नेपाली एकता मञ्च पञ्चकुला जिल्ला समितिको आठौँ द्विबार्षिक सम्मेलन  सम्पन्न भएको छ ।

‘प्रवासी नेपाली जनताको मौलिक अधिकारः स्वास्थ्य, शिक्षा स्वदेशमा रोजगार’ भन्ने मूल नाराका साथ गएको आइतबार पंचकुलाको हाउसिंगबोर्डमा सम्पन्न भएको हो  ।

सम्मेलनको उद्घाटन प्रमुख अथिति अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय सचिव तीर्थ भण्डारीले गरेका थिए ।सम्मेलले थम्मन बि.कको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

समितिको अन्य पदाधिकारीमा उपाध्यक्ष भीम ओली र गमन के सी सचिव जगदीश परियार , सहसचिव राम कृष्ण के सी र कोषाध्यक्ष ईश्वरी साहु रहेका छन् भने अन्य सदस्य हरूमा मङ्गल बि क, इन्द्र के सी, राम प्रसाद बि क, चन्द्र बि क, जित बहादुर खड़का, भीम डांगी, जङ्ग बहादुर के सी, टीका राम बस्नेत ,श्रीमती सुनमालि बि क , सीता बि क चयन भएका छन् ।

सम्मेलनमा अखिल भारत नेपाली एकता मञ्चका केद्रीय सहसचिव रवि कुमार, केन्द्रीय सदस्यहरू कमल गिरी, प्रकाश स्याडा, महिला नेत्री एवं केन्द्रीय सदस्य कमला जी यम, दृष्टि सांस्कृतिक परिवारका प्रेम नेपाली लगायतका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि तीर्थ भण्डारी देशको समसामयिक राजनीतिक परिवेश को बारेमा बोल्दै जेठ ३ गते भएको बाम एकता जनताको आशा अपेक्षा अनि जनचाहना अनुरूप भएको भन्दै उक्त  ऐतिहासिक क्षणमा उपस्थिति सम्पूर्णलाई बधाई दिएका थिए ।उनले  बाम एकतापछि नेपालमा दक्षिण एसियाको सबभन्दा ठुलो शक्तिशाली कम्युनिस्ट पार्टी बनेको र नेपालमा त्यही शक्तिशाली कम्युनिस्ट पार्टीको सरकार भएकोले देशमा जनताको चाहना अनुरूप तीव्र गतिमा विकास हुने बताए ।

प्रवासी नेपाली सङ्घ चंडीगढ़ नगर अध्यक्ष  जगदीश केसीले बधाई एवं शुभकामना मंतब्य दिँदै जसरी नेपालमा बाम एकता भयो तैसेगरी आज हामीहरू एउटै मञ्चबाट एउटै आवाज बोल्न पाउँदा अति खुसी लागेको बताउदै सबै प्रवासी नेपालीलाई एउटै सङ्गठनमा गोलबंद हुन आग्रह गरे ।

त्यस गरी राज्य समिति सचिव बुद्धि राम भुसाल, सदस्य जनक ओली नगर समितिका देव बहादुर राउत लगायत ले पनि शुभकामना दिनु भएको थियो।

भाइचारा सङ्गठन मुलप्रबाह अखिल भारत नेपाली एकता समाज का नगर सचिव तेज बहादुर रोका ले पनि नव निर्वाचित जिल्ला समितिलाई बधाई एवं शुभकामना दिनु भएको थियो।

दृष्टि सांस्कृतिक परिवारद्वारा सम्मेलन अवधिभर विभिन्न रोचक गीतसंगीत र नृत्य प्रस्तुत गरको थियो ।

थम्मन बि कको अध्यक्षता तथा राम बहादुर बुढाको सञ्चालनमा सम्पन्न उक्त  सम्मेलनमा अतिथिहरूको आसनग्रहण पश्चात् ज्ञातअज्ञात महान् सहिदहरूप्रति एक मिनेट मौनधारण पछि रामकृष्ण ओलीले  स्वागत गरेका थिए ।