एकताकै दिन बाबुरामको गम्भीर प्रश्न प्रचण्डलाई ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एकताकै दिन बाबुरामको गम्भीर प्रश्न प्रचण्डलाई !



काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको घोषणा हुदै गर्दा पुर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका सं‌योजक डा. बाबुराम भट्टराईले  प्रचण्डलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रश्न गरेका छन् ।

कुनै बेलाका सहयोद्धा बाबुरामले प्रचण्डलाई जनयुद्धबाट पछुताएको आरोप पनि लगाएका छन् । उनले २५ औँ स्मृति दिवसमा मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिँदै प्रचण्डमाथि प्रश्न गरेका हुन् ।

‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५औँ स्मृति दिवसमा हार्दिक श्रद्धासुमन !’, बाबुरामले भनेका छन्, ‘आजैका दिन एमाले-माओवादी केन्द्र विलयको घोषणाको कुनै संकेतिक अर्थ? प्रचण्डले जबजविरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो? प्रष्ट पारियोस्!’