एकता संयोजन समितिको बैठक बस्दै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एकता संयोजन समितिको बैठक बस्दै



काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम एकता केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ।

पार्टी  एकताको संगठनात्मक संरचना र पार्टीको वैचारिक अवधारणाका लागि गठन गरिएको मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन तयार पारिसकेकोले एकता संयोजन समितीको बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चारविज्ञ  रामशरण बजगाईले बताए ।

माओवादी केन्द्रले बराबरी हैसियतमा मात्रै एकता हुन सक्ने बताउँदै आएको छ। तर यस विषयमा एमालेका नेताहरुले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।