एकै परिवारका चार जना मृत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एकै परिवारका चार जना मृत



काभ्रे ,साउन ७ 

काभ्रेको बनेपा बसपार्कको एक होटलमा एकै परिवारका चार जना मृत भेटिएका छन् । बस पार्कमा हाेटल (गौतम भोजनालय) संचालन आएका ३२ वर्षिय राजाराम दाहालसहित उनका ६५ वर्षिय बाबू हरिभक्त दाहाल आमा हरिमाया दाहाल र २५ वर्षिय बहिनी रञ्जना दाहाल शुक्रबार मृत अवस्था फेला परेका हुन ।

प्रहरीको नियमित गस्तिका क्रममा हाेटलकाे सटर बन्द रहेको तर सटरका लतको भागबाट फुटेको सिसा निस्केको देखेपछि प्रहरीले सटरकाे लक खोलि हेर्दा चार जान मृत भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

प्रहरिका अनुसार घटनास्थलमा सेलफस विषकाे भाडाे भेट्टिएकाे छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापा लगायतको टाेलिले अनुसन्धान गरिरहेकाे छ ।

विगत २ वर्ष भन्दा पहिले देखि दाहाल परिवारले बस पार्कमा गाैतम भाेजनालय सञ्चालन गर्दै आएका थिए । दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् । वहिनिकाे विवाहकाे विषयले उग्र रुपलिदा घटना घटेकाे हुन सक्ने बताईन्छ ।