एक वर्षमा नै सबैको मनमनमा मेयर गिरी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एक वर्षमा नै सबैको मनमनमा मेयर गिरी



कर्ण बहादुर अधिकारी 

जनप्रतिनिधि आएपछि जनताको अपेक्षा बढेको छ जनचाहना अनुरूप काम गर्ने कमै मात्र जनप्रतिनिधि छन् ।
पछिल्लो समय विकासको सम्भावना ई जगाउँदै जनआकाङ्क्षा अनुसार काम गर्ने मेयरको रूपमा परिचित नाम हो शिव कुमार गिरी ।

शिव कुमार गिरि चापाकोट नगरपालिका स्याङ्जाको नगर प्रमुख हुन ।गत २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चापाकोट नगरपालिका को नगर प्रमुख मा निर्वाचित भएपछि जनताको दुख र सुखमा सङ्गै रही हरबखत रातदिन गरी विकासको खाका तयार गरेका छन् ।

यो १ वर्ष मा स्याङ्जाको सबैभन्दा बढी विकास निर्माणका काम र देशमै नमुना काम गर्ने  मेयरमा गनिन्छन उनी।

के के गरे त उनले?

१. ग्रामीण भेगको प्रमुख समस्या मोटरबाटो अभावलाई न्युनिकरण गर्न यो वर्ष नगर को सबै ठाउँमा ८ मिटरको कच्ची सडक पुग्यो।

२. जिल्लाकै दुर्गम गाउहरु रहेको ठाउँमा ICT बेसमा राम मन्दिरमा बि मा गुणस्तरीय र प्राविधिक शिक्षाको सुरुवात गरे

३.सामुदायिक बिधालयमा अध्यापन गराउने शिक्षकले आफ्ना सन्तान हरूलाई अनिवार्य त्यही बिधालय मा पढाउनु पर्ने कडा निर्देशन सहित कार्यान्वयन गराएर शैक्षिक क्षेत्रमा एउटा नयाँ आयाम थपे।

४ .असहाय दुखी को गरिबी तथा सुकुम्बासी समस्या न्युनिकरण का लागि नयाँ घर निर्माण गर्ने गरी स्मार्ट भिलेज को निर्माण का लागि काम सुरु गराए।उक्त स्थानमै नयाँ उद्योग स्थापना गरी युवाहरूलाई रोजगारी प्रदान गर्न कार्यक्रम सुरुवात तयार गराए।

५ . कृषि पेसामा लागेका युवा लक्षित कार्यक्रम बनाई विभिन्न ठुला परियोजना निर्माणार्थ अनुदान दिँदै युवाहरू लाई स्वरोजगार तर्फ उन्मुख गराउन तल्लीन।

६ .खेलकुद बाट आम युवा एवम् महिला लगायत सम्पूर्णबाट खेल जगतको विकासमा स्पष्ट भिजन र कार्यदिशा तयार गरे।मेयर कप आयोजना गरी सफल रूपमा सम्पन्न ।

७ . विभिन्न कारणले धेरै समय देखिको सामाजिक सुरक्षा भत्ता बाट बन्चित चापा गाउँ का वृद्धबृद्दा ले सामाजिक सुरक्षा भत्ता पाए।

८ . १ मिटर पनि कालोपत्रे नै नभएको चापाकोट नगरीमा सहलगानिमा कालोपत्रे को काम धमाधम भइरहेको छ।