भारतको गाजियाबादमा एक नेपाली मृत भेटीए ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

भारतको गाजियाबादमा एक नेपाली मृत भेटीए !



काठमाडौं। भारतको गाजियाबादमा एक नेपालीलाई झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको छ । तनहुँ घर भएका ४० वर्षिय दिनेश कुमारलाई रुखमा झुण्डिरहेको अवस्थामा भेटिएको बताइएको छ ।

गाजियाबादको ट्रोनिका सिटीमा अवस्थित एक निमार्णाधीन फ्याक्ट्रीमा काम गर्ने गरेका दिनेशलाई लागु औषधीको अम्बल भएको र पछिल्लो केहि दिनदेखि काममा नगएको कुरा भारतीय पत्रिका टाइम्स अफ इन्डीयाले जनाएको छ ।

‘गत वर्षको नोभेम्बर देखि काम गर्न थालेका दिनेश पछिल्लो केहि दिनदेखि बिहानै उठेर जान्थे र राती मात्र फर्किन्थे’, उक्त पत्रिकाले प्रहरीलाई उद्धृत गर्दै भनेको छ । शुक्रबार बिहान दिनेश झुण्डिरहेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ । दिनेशको शव पोष्टमार्टमको लागि पठाइएको जानकारी आएको छ ।

भारतीय प्रहरी अधिकारी ए के मौर्यालाई उद्धृत गर्दै टाइम्स अफ इन्डिया भन्छ, ‘प्रारम्भीक रुपमा हेर्दा यो आत्महत्या जस्तो नै देखिन्छ’।