एक दिने आखाँ शिबिर सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एक दिने आखाँ शिबिर सम्पन्न



बिरेन्द्र शाह/सुुुखड ,कैैैलाली ।
घोडाघोडी नगरपालिका वडा नम्बर ६ नगर स्वास्थ्य केन्द्र प्रतिखेतमा एक दिने आखाँ शिबिर सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिका वडा नम्बर ६ को वडा कार्यलय ,उग्रतारा चस्मा सेन्टर सुखडको आर्थिक सहयोग र नगर स्वास्थ्य केन्द्र प्रतिखेतको आयोजनमा आखाँ शिबिर सम्पन्न भएको हो । प्राबिधिक सहयोग गेटा आखाँ अस्पताल रहको थियो ।

एक दिने आखाँ शिबिरमा ३६० जनाले सेवा लिएको त्यहाँ बाट वडा नम्बर ६ का वडा अध्यक्ष बिनोद बिश्वकर्माले जानकारी दिनु भयो । ४१ जनालाई उपचार हुन नसकेको कारण गेटा आखाँ अस्पताल पठाईको पनि बताउनु भयो ।

बिगतको दिनमा यस ठाउँमा आखाँ शिबर नभएकाले यस क्षेत्रमा बसोबास गर्नेलाई केही राहात पुगोस भन्ने उदेश्यले एक दिने आखाँ शिबिर संचालन गरेको वडा नम्बर ६ का वडा अध्यक्ष बिनोद बिश्वकर्माको भनाई थियो ।