इजिप्टमा आतंककारी आक्रमण : मृत्यु हुनेको संख्या २३५ र घाइते १०० - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

इजिप्टमा आतंककारी आक्रमण : मृत्यु हुनेको संख्या २३५ र घाइते १००



इजिप्ट, मंसिर ९

इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या दुई सय ३५ पुगेको छ ।

इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबारको नवाजको समयमा आक्रमण भएको र त्यस क्रममा धेरै सर्वसाधारण नागरिकको ज्यान गएको इजिप्टको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिनाइ प्रान्तको वीर अल–अबेद बजारमा रहेको अल–रावदा मस्जिदमा आक्रमण भएको हो ।

शुक्रबार हुने नियमित प्रार्थनाका लागि मस्जिदमा मानिस जम्मा भएको समयमा आक्रमण हुँदा धेरै सर्वसाधारणको हताहती भएको हो । आधुनिक इजिप्टको इतिहासमा यो आक्रमण सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी भएको आक्रमण हो । सन् २०१३ मा इजिप्टसहितका क्षेत्रमा सुरु भएको इस्लामिक बिद्रोहयता भएको हो ठूलो आक्रमण हो ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । तर इस्लामिक स्टेट (आइएस) सम्बद्ध लडाकुले आक्रमण गरेको हुन सक्ने जनाइएको छ । ४० जना भन्दा बढीको समूहमा आएका आक्रमणकारीले मस्जिदमा नमाज पढिरहेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाएका हुन् ।

इजिप्टको सरकारी टेलिभिजनका अनुसार घटनामा एक सय ३० जना घाइते भएका छन् । यसैबिच इजिप्टका राष्ट्रपति अब्दुल फतह अल–सिसीले सिनाईको मस्जिदमा भएको आक्रमणको बदला लिएरै छोड्ने घोषणा गरेका छन ।

राष्ट्रपति अल–सिसीले आक्रमणले आफ्नो देश र नागरिकलाई आतंकवाद विरुद्धको अभियान कमजोर नभइ थप मजबुद बनाएको उनले बताए । सुरक्षा अधिकारीसँगको कुराकानीपछि उनले घटनामा संलग्नलाई कुनै पनि हालतमा नछोडिने बताएका छन ।