एजी ईङलिश हाईस्कुलको २४ औं वार्षिक उत्सव सम्पन्न - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एजी ईङलिश हाईस्कुलको २४ औं वार्षिक उत्सव सम्पन्न



किशोर कुमार तामाङ / पुर्नवास ,कञ्चनपुर।। 

कञ्चनपुरको पुनर्वास स्थित एजी हाईस्कुलको २४ औ वार्षिक उत्सव विविध साँस्कृतिक कार्यक्रम सहित धुमधामका साथ हालै सम्पन्न भएको छ । एजी मिसनद्वारा मुनाफारहित मानव सेवामा समर्पित हुने उद्देश्यबाट प्रेरित भई यस विद्यालयको स्थापना २०५१ सालमा भएको थियोे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कुमालको सभापतित्व, केन्द्रिय ए.जी. एन.का अध्यक्ष एवम विद्यालयका वरिष्ठ सल्लाहकार रेभ. जोसेफ श्रेष्ठको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । विशिष्ठ अतिथिको रुपमा क्षेत्रिय ए.जी. एनका अध्यक्ष रेभ. नरीलाल दहित , क्षेत्रिय विद्यालय समितिका अध्यक्ष राजकुमार तामाङ,पुनर्वास नगरपालिकाका उप प्रमुख शारदा विष्ट र पुनर्वास श्रोतब्यक्ति शेरसिह विष्टका साथै अतिथिमा विभिन्न विद्यालयका प्र.अ.,स्थानिय पाष्टर,शिक्षा प्रेमी र सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथिले विद्यालय सबैको साझा सम्पती भएको र यसलाई राम्रो बनाउन सबै अभिभावकले साथ दिनुपर्ने, यस भेगका गरिव जनताका नानीबाबुहरुलाई विज्ञान संकायबाट गुणस्तरिय शिक्षा उपलब्ध गराउन निरन्तर प्रयास भईरहेको जानकारी गराउँदै सबैको साथ र माया पाएमा निकट भविष्यमा विद्यालयलाई उच्च शिक्षामा पुराउने आश्वासन दिनुभयो ।

कार्यक्रममा छात्रछात्राहरुले रमाईलो शिक्षामूलक स्वागत नृत्यका साथै विविध संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । त्यसै अवसरमा कोरियोग्राफर देवराज तामाङ र नृत्य सहयोगी सुनिता तामाङले पनि जोडदार प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रमको सुरुवात प्रिन्सिपल ढक तामाङको स्वागत मन्तव्य र कार्यक्रमको समापन सभाध्यक्ष बलबहादुर कुमालको मन्तव्यबाट समापन गरिएको उक्त कार्यक्रमलाई विद्यालयका लेखापाल सियाराम चौधरीले सञ्चालन गर्नुभएको थियो ।