एडुकेयर फेयर विद्यार्थीको उत्कृष्ठ गन्तव्य : करिष्मा पाण्डे - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

एडुकेयर फेयर विद्यार्थीको उत्कृष्ठ गन्तव्य : करिष्मा पाण्डे



बुटवलमा २०७० सालमा बुटवलमा स्थापना भएको एडुकेयर कन्सलटेन्सीले अध्ययनका लागी भारतका विभिन्न स्थानमा जान चाहेका विद्यार्थीहरूको लागी परामर्शदाताको रूपमा स्थापना भएको संस्था हो । एडुकेयरले भारतका २० वटा कलेज तथा युनिभर्सिटी  सँगको प्रत्यक्ष कुराकानी गराउने तथा जानकारी गराउने उद्देश्य सहित दोस्रो एडुकेयर सञ्चालनमा ल्याएको छ । फागुन १३ र १४ गते चल्ने मेलाको विषयमा कन्सलटेन्सीकी प्रबन्ध निर्देशक करिष्मा पाण्डे सँग गरिएको कुराकानीको सम्पादित अंश.

एडुकेयर स्थापना गर्नुको मुख्य कारण के हो ?

हाम्रो चाहाना भनेको भारतमा अध्ययनको लागी जान चाहने विद्यार्थीहरूको लागी सहयोगी शिद्व बन्नको लागी २०७० सालमाबुटवलमा भारत अध्ययनका लागि जान चाहने विधार्थीहरुको परामर्शदाताको रूपमा स्थापना गरी अहिलेसम्म नै परामर्श गरिरहेका छौँ । हाम्रो कन्सल्टेन्सीले विशुद्ध भारतका लागि मात्र परामर्श दिने भएकाले करिब आधा भारतका कलेज तथा युनिर्भसिटीहरुमा विधार्थीहरु पढ्न जान पाउने गरी हामी कलेज र युनिर्भसिटीहरुसंग आबद्ध छौँ । त्यसैले पनि विधार्थीहरुको जिज्ञासा हटाउन सफल भएको पनि छौँ । अहिलेसम्म १००० भन्दा बढी विधार्थीहरु हाम्रो परामर्श पश्चात् अध्ययनका लागि भारत मा हुनुहुन्छ । वहांहरुलाई परामर्श दिए पश्चात् त्यहाँ गइसकेपछिको व्यवस्था र समस्या समाधानमा पनि हामी अभिभावककै भूमिकामा रहन्छौँ । यो यात्रामा विधार्थीहरु र अभिभावकहरूलाई अफ्ठ्यारो परेको छैन त्यसमै खुसी छु । र काम गरिराछु ।

विधार्थीहरुका खास गरी कस्ता जिज्ञासा हुन्छन् र कस्ता कोर्सका लागि यहांहरुले परामर्श दिनुहुन्छ ?

भारत विधार्थी जाने भनेको अध्ययनका लागि मात्र हो त्यसैले पनि उहाँहरूको चाहना बेस्ट भन्दा बेस्ट कोर्स छान्ने हुन्छ र विधार्थीहरु स्कलरसिपको सुविधा पनि चाहनुहुन्छ । वहांहरुले खास गरी इन्जिनियरिङ, नर्सिङ लगायत मेडिकल को थुप्रै पाटो अनि कृषि विज्ञान सम्बन्धी फि स्ट्रक्चर र छात्रवृत्ति सम्बन्धी जिज्ञासा बढी हुन्छ । र थप त्यहाँको बसाई र पुगिसकेपछि कलेजसम्म पुर्‍याउने जिम्मेवारी बारे पनि हुन्छ । र हामीले पनि तयही अनुरूप जिज्ञासा मेटाइरहका छौँ र भारतमा रहेका टप युनिभर्सिटीमा यिनै कोर्सका लागि परामर्श दिन्छौंैं ।
गएको वर्ष यहाँले पहिलो शैक्षिक मेला गर्नुभयो ।

खर्च कति लाग्ने रहेछ र यो वर्षको खर्च अनुमान के छ ?

हामीले भिजिटरहरुबाट केही रकम पनि नलिने भएकाले सबै खर्च संस्थाले नै व्यहोर्छ र गत वर्ष ८ लाख जति खर्च भएकामा यस वर्ष पनि खर्च करिब तयही रेसियोमै हुने अनुमान छ । त्यही अनुरूप मेलाको तयारी पनि जारी छ ।

यो शैक्षिक मेला यहाँले पहिले पनि गरेको भएकाले मेला पश्चात् फिडब्याक कस्तो आयो र मेलाबाटकति विधार्थीहरु लाभांवित भए ?

सर्वप्रथम त बुटवलमै पहिलो शैक्षिक मेला थियो गत वर्ष मैले गरेको जुन एकल पनि हो । मेला स्थलबाट परामर्श पाएका विधार्थीहरुले पछि संस्थामै आई राम जानकारी भएको कुरा सुनाउनुभयो । कति विधार्थी अध्ययनका लागि जानुपनि भयो । त्यो राम्रो पक्ष भएकाले नै काठ्माण्डौ मा मात्र शैक्षिक परामर्श सीमित छैन है भन्ने जानकारी दिने मेरो उद्धेश्य पुरा भएको अनुभव भयो तयसैले पनि यो पुन ः गर्न लागिएको छ र गत वर्षको रेकर्डमा ३५०० प्लस ले मेला अवलोकन गरेको हामीले पायौँ त्यसैले यो वर्ष ४००० भन्दा बढीले अवलोकन गरी लाभ लिनुहुनेछ भन्ने अपेक्षा छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ भने ?

धन्यवाद हिमाल पोस्ट टिम लाई स्थान दिनुभएकोमा र सम्पूर्ण विधार्थी, अभिभावक तथा अन्य जानकारी लिन चाहनुहुनेहरुलाई फाल्गुण १३ र १४ गते क्लब डेनोभोमा आई मेला अवलोकन गरी भरपुर जानकारी लिनुहुन र लाभांवित हुन आमन्त्रण गर्छु । साथमा हामीले ब्रोसरबाट मात्र परामर्श दिने नगरेर भिजुवल प्ले र स्वयम् प्रमुख तथा प्रतिनिधीहरुबाट परामर्शको सुविधा हुने भएकाले सबैले सहभागिता जनाउनुहोला । यही आग्रह गर्छु । धन्यवाद ।