भारतीय दुतावासको दादागिरी, स्वरूप बिग्रिएको झन्डाको रहस्य खुल्यो ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतीय दुतावासको दादागिरी, स्वरूप बिग्रिएको झन्डाको रहस्य खुल्यो !



केहि दिन अघि भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला देखि चर्चाको बिषय बनेको हुलिया बिगारेको नेपाली झण्डाको नयाँ रहस्य खुलेको छ ।

जानकी मन्दिर परिसरको मञ्चमा हुलिया बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ । यस्तो खालको हेपाहा प्रवृति भारत र भारत सम्बन्धित निकायले सधै देखाउंदै आएका छन् ।

दुबई देशका प्रधानमन्त्री रहेको कार्यक्रममा हजारौं जनताको उपस्थिति थियो त्यतिमात्र होइन, जानकार, आयोजक, र यो संयोजन गर्ने व्यक्तिहरु पनि हजारौंको संख्यामा थिए । उनीहरुले त्यो कुराको वास्ता पनि गरेनन ।

एकाएक फोटो भाइरल भएपछी चर्चामा आएको यो बिषयमा नेपालका नेताहरु, कार्यक्रमको संयोजन गर्ने व्यक्तिहरु, मधेशी नेताहरु, प्रधानमन्त्री कार्यालय, नेपाली सुरक्षा निकाय सबै जिम्मेवार छन् । आफ्नो देशको झण्डा ठिक छ कि छैन भनेर छुट्याउन नसक्ने त त्यहाँ कोहीपनि थिएनन होला ?

जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टि भारतको र उत्तरपट्टी नेपालको झन्डा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर पुग्नु आधा घन्टाअघि दूतावासको कमान्डमा रहेका भारतीय सुरक्षाकर्मीले ती झन्डा राखेका थिए ।