दरबारमार्गको व्यापार : अर्को कर्तुतको खुलासा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दरबारमार्गको व्यापार : अर्को कर्तुतको खुलासा



असोज ४, काठमाडौं-

दरबारमार्गका व्यवसायीहरुको एक पछी अर्को गरि पोल खुलिरहेका छन । ३ हजारको जुत्तालाई २७ हजारमा बेचेको भेटिएपछि एक पछी अर्को गरि कर्तुतहरु खुलासा भएका हुन ।

दरबारमार्गका लत्ताकपडा व्यवसायीले एक सय प्रतिशतभन्दा बढी नाफा राखी बिक्री गर्दै आएको खुलासा भएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले गरेको अनुगमन र व्यवसायीसँगको बयानको आधारमा सय प्रतिशतभन्दा बढी नाफा राख्ने गरेको खुलेको हो ।

विभागका शाखा अधिकृत तथा दरबारमार्गको विषयका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार,

व्यवसायीले दिएको बयानको आधारमा प्रतिवेदन तयार पारेका छौं ।

अनुसन्धानका क्रममा व्यवसायीले सय प्रतिशतभन्दा बढी मुनाफा लिएर बिक्री गरेको पाइएको छ ।

व्यवसायीले भने कर्मचारी खर्च, भाडासहित गरेर ५ देखि २० प्रतिशत मात्रै नाफा राखेको दावी गरेका छन् ।

कानुनी रुपमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था भएकाले उनीहरुले सोही दाबी गरेका हुन् ।