सस्ता वस्तु बिकाउने ‘डम्पिङ साइट’ होइन नेपाल: अर्थमन्त्री - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सस्ता वस्तु बिकाउने ‘डम्पिङ साइट’ होइन नेपाल: अर्थमन्त्री



काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले अनियन्त्रित आयात नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल व्यवस्थापन संघले बिहीबार राजधानीमा गरेको पूर्वबजेट छलफल कार्यक्रममा उनले नेपाल विश्वका सस्ता वस्तु बिकाउने ‘डम्पिङ साइट’ नभएको भन्दै अनियन्त्रित आयात नियन्त्रण गर्नुपर्नेमा जोड दिएका हुन् ।

आधारभूत तहमा स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा आफ्नो जोड रहेको उनको भनाइ थियो ।

विश्व व्यापार संगठन (डब्लुटीओ)को प्रावधानअनुसार भन्सारदर घटाउनुपर्ने भएपनि अन्तःशुल्कलगायतका कर लगाएर अनियन्त्रित आयात व्यवस्थित गर्नसकिने अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।

तुलनात्मक लाभ एवं आयात प्रतिस्थापन गर्नसक्ने वस्तुको सूची दिनसमेत उनले व्यवसायीलाई आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले आगामी बजेट यथार्थपरक कार्यान्वयनयोग्य योजनासहित धान्नसकिने आउने पनि जानकारी गराए ।

उनले संघीयता महँगो भएपनि धान्नै नसकिने भने नरहेको पनि धारणा व्यक्त गरे ।

यस्तै, संघीयता कार्यान्वयनमा दोहोरो कर नलाग्ने स्पस्ट पार्दै उनले यसलाई आर्थिक ऐनमा सम्बोधन गरिने पनि बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योगमा लगानी गर्ने उचित वातावरण बन्नुपर्नेमा जोड दिए ।