वृद्धि भएको शुल्क फिर्ता लिन माग गर्दै पाणिनीमा स्ववियुद्धारा तालाबन्दी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

वृद्धि भएको शुल्क फिर्ता लिन माग गर्दै पाणिनीमा स्ववियुद्धारा तालाबन्दी



सन्धिखर्क, २८ मंसिर । अर्घाखाँची जिल्लाको एकमात्र शैक्षिक धरोहर पाणिनी बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ ।  पाणिनी क्याम्पसमा विद्यार्थीको हित विपरित शुल्क वृद्धि भएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको हो । स्ववियुका सभापती लक्ष्मण खड्का, उपसभापती श्रृजन भुसाल, सचिव वर्जना खनाल, सहसचिव कुलराज खनाल, कोषाध्यक्ष घनश्याम पौडेल, सदस्यहरु सागर परियार, रामचन्द्र श्रेष्ठ, अनु खनाल लगाएत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

मासिक क्याम्पसको अहिले ५५० शुल्क, छ एकैपटक ३०० शुल्क बढाई ८०० बढाएपछी तालाबन्दी भएको हो । विद्यार्थीको हक विपरित स्ववियुलाई जानकारी नै नगराईकन शुल्क बढाएको स्ववियु अध्यक्ष खड्काले बताए । बढएको शुल्क तुरुन्त फिर्ता लिन स्ववियुको माग रहेको कोषाध्यक्ष पौडेलले बताए ।