दुध ब्यवसायबाटै महिनामा लाखाैं अाम्दानी  - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दुध ब्यवसायबाटै महिनामा लाखाैं अाम्दानी 



जुद्ध चाैधरी / पुनर्वास,कञ्चनपुर  ।

पुनर्वासका एक किसान दूध ब्यवसायबाटै महिनामा लाखाैं अाम्दानी गर्दै अाएका छन। कञ्चनपुर जिल्लाकाे पुनर्वास न.पा.-२ अरनिकाेबस्तीका ४० बर्षिया सुबास चन्द्र भण्डारीले दूध ब्यवसायबाट महिनामा लाखाैंकाे अाम्दानी गर्दै अाएका हुन।

बिगत अाठ बर्ष देखि दुधकाे ब्यबसाय गर्दै अाएका उनी पहिला साईकलमै गाउँ गाउँबाट किसानका दूध सँकलन गरि धनगढी बजार सम्म पुर्याउने गर्थे। अहिले ब्यबसाय फस्टाउदै गएपछि र दुधमा शुद्धता ल्याउन स्वयम् अाफै पशु फर्म खालेर लुध ब्यवसाय गर्न थालेकाे उनी बताउछन। ब्यवसाय सुरू गर्दा पहिलाे दिन जम्मा नाै लिटर दुध धनगढी बजार सम्म लगेकाे कुरा स्मरण गर्दै अहिले अाफ्नाे निजि गाडीमा दैनिक २०० लिटरदुध पुर्याउने गरेकाे बताउछन। दूध बेचेरै उनी दैनिक ३५००/- देखि ४००/- सम्मकाे काराेबार हुने बताउछन। जसअनुसार हिसाब गर्दा महिनामा एक लाख भन्दा बढीकाे काराेबार देखिन्छ।

पशु फर्म खाेलेर अाफु मात्र स्वराेजगार नभई उनले अन्य दूई जनालाई समेत राेजगार दिएका छन। मासिक तलब रू. १० हजार तलबमा दूईजनालाई समेत काममा राखेका छछन। उनले पशु फर्ममा अहिले नाै अाेटा उन्नत जातकाे भैंसी र ६ अाेटा गाई पालेका छन। बिउका लागि भनेर एउटा उन्नत जातकाे राँगा समेत पालेका छन। यसरी फर्ममा गाई, भैंसी र राँगा पाल्दा दूध पनि हुने र गाई भैँसीकाे पाडापाडी समेत बिक्रि गर्न सकिने उनी बताउछन।

उनी वि.स. २०५४ सालमा नेपाल प्रहरीमा जागीर समेत गरेका थिए । वि.स.२०६३ सालमा नेपाल प्रहरीकाे पेशा छाेडेर उनी बिदेश कमाउन मलेसिया गएका थिए। तर विदेशकाे कमाईले घर खर्च मात्र चल्न थाले पछि उनी नेपालमै बसेर केही गर्नु पर्छ भन्ने साेच बनाए । त्यसपछी वि.स.२०६६ साल देखि गाउँ गाउँमा गएर किसानहरूबाट दूध खरिद गर्ने र धनगढी बजारमा लगेर दूध बेच्न सुरू गरेका हुन। दूध कै कमाईबाट अहिले बालबच्चालाई राम्राे बिद्यालयमा पढाउन सकेकाे र पक्कि घर, पुनर्वासमै दुई ठाउमा घडेरी अनि नयाँ चार पाङ्ग्रे गाडी समेत जुटाएकाे उनी बताउछन।

काम गरेर काेहि पनि सानाे ठुलाे नहुने र जुनसुकै काम गर्न पनि मान्छेले लाज र डर मान्न नहुने उनकाे भनाई छ। त्यसैले सम्पुर्ण नेपाली किसान दाजुभाईले भण्डारीकाे कुनै पनि व्यवसाय गर्दा मिहेनत गर्न कन्जस्याई गर्नु हुदैन भन्ने पाठ सिक्न जरूरी छ।