प्रधानन्यायाधीशलाई दुबईमा बस्ने युवाको प्रश्न ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रधानन्यायाधीशलाई दुबईमा बस्ने युवाको प्रश्न !



सुरज पराजुली/युएई

श्रीमान् गोपाल पराजुली ज्यु सम्मानित अदालत कुनै कानुनको धारामा होइन जनताको विश्वासमा अडिएको हुन्छ । त्यै विश्वासमा अडीक भएर बनाइएको सम्मानित अदालत जब इमानदार र देशको लागि आउती दिने वीर सपूतहरु माथि धावा बोल्न थाल्छन् तब तिनै जनताले नै बिनाकशुर थमाइएको पुर्जी को भन्डाफोर गर्दै समानीत अदालत को नरसम्हार पनि गर्न सक्छन्।

हुन त पराजुली ज्यु नाताले तपाईँ हजुर बाउ पर्नु हुँदो हो तर देशको लागि अनि भ्रष्ट माफिया को लागि ओकलत गर्ने डा.केसी माथि समर्थन जनाउँदै न्यालयलाई त्ये भ्रष्ट हरको अखडा बनाउने तपाईँ जस्ता कपुत लाई औलो नसोज्याई चुपचाप बस्न पनि सकिन।

खुलेआम प्रहरीहरूलाई दिदाहाडै आगो लगाएर जलाउने रेसम चौधरीहरूलाई सम्मान अनि २१अर्ब घोटालाका गोपाल खड्का माथिका मुद्दाहरू बिना कसुर फिर्ता गराउने तपाईँको अदालतले गरिब जनताको सेवामा लागि पर्ने गोविन्द केसी हरुलाई पक्राउ गर्ने यो काईको न्याय हो पराजुली ज्यु ? ४ वटी स्वास्नी विवाह गर्ने तपाईँ जस्तालाई के बहुबिबाहको कानुन लाग्दैन र श्रीमान् ?

न्यायको भट्टी थापेर अन्यायमा परेका हरुलाई अधिकार दिलाउने सम्मानित अदालत आज न्याय सँग नै सौदाबाजी गर्दैछ। प्रतेक नेपालीको तातो रगत उम्लीरहेको यस बिदारक घडीमा हरेक नेपाली डा.गोविन्द केसी बन्न तयार छन् । पराजुली ज्यु सक्नुहुन्छ पक्राउ पुर्जी थमाउन । आफ्नो अधिकार माग्दा माग्दै कतिको ज्यानै समेत गैसकेको अवस्था छ । भने हजारौँको अधिकारका फाइल भित्र मुसाले चौडण्डी मचाइरहेको छ कतिको न्याय को फाइल मुल्तबीमा राखिएको छ । तर मात्र ४ घण्टा भित्र डा.गोविन्द केसी हरू पक्राउ पर्दछन्।

नैतिकतामा दाग लागेका कुख्यात कुलङ्घारहरु नियुक्ति भएपछि देखिने तमासा तान्डब नै यही हुन्छ ।
सम्मानित अदालत लाई ध्वस्त पार्दै गुटबन्दी खेल को राजनैतिक गोटी बनेर तीनै राजनैतिक नसालु सुल्मा र तमाखुको भरमा धुन्दुकारीको प्याला बनी संवैधानिक न्यालय लाई किन राज्नैतीक भर्तीकेन्द्र बनाइदैछ श्रीमान् ?

देशको विकट गाउँ बस्ती हरुमा जीवन र मरणको दोसाँधमा जीवन बिताइरहेका बालबच्चा, वृद्धहरूलाई कठ्याङ्रीदो चिसो होस या बर्साद को भेलबाडी यिनको कुनै प्रवाह नगरी डा.केसी तीनै गरिब र निमुखाको एकमुठी प्राणको लागि अहोरात्र जाग्नु भएको कुरा श्रीमान् लाई जाहेरनै होला । माफीयाहरु द्वारा खोलिएका मेडिकल कलेज अविलम्ब बन्द गरिनु पर्छ साथै सस्तो दरमा गरिब हरुले पनि मेडिकल पर्छ भन्दै आवाज बुलन्दीत गर्दै गर्दा डा.गोविन्द केसी कहाँ गलत भए ?

डा. केसीले कसको त्यस्तो हत्या वा दुई नम्बरी धन्दा गरेका थिए जसले गर्दा उनलाई मध्यरातमा गएर समाउनु पर्ने ? के हजारौँ नेपालीको रगत र पसिना सँग साटेर ल्याएको गणतन्त्र यसैको लागि हो ?