डा. केसीको अनसन तोडाउने तयारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डा. केसीको अनसन तोडाउने तयारी



 

२७ साउन, काठमाडौं ।

चिकित्सा शिक्षा विधेयकको विवादमा मध्यमार्गी सहमति जुट्ने संकेत देखिएको छ । बालुवाटारमा बसेको बैठकले मध्यमार्गी सहमतीको खोजी गरेको हो ।

विधेयक अघि बढेमा डा. गोविन्द केसीको आमरण अनसन तोडिने स्रोतको बताइएको छ ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विधेयकको विवाद मिलाउने सहमति भएको छ । उक्त वार्तामा शिक्षा र स्वास्थ्यमन्त्रीका साथै माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता गगन थापा, केदारभक्त माथेमा, भगवान कोइरालाका साथै केही सांसदहरुको पनि उपस्थिति थियो ।

छलफलबाट दफा १३ मा मध्यमार्गी सहमति जुटेको जनाइएको छ ।

डा. गोविन्द केसीले भने यो नमान्ने बताएका छन् । १० वर्षसम्म मेडिकल कलेज खोल्न दिन नहुने अडान लिएका छन् ।