सरकार, डा. केसीलाई जेल कोच्दे ! टन्टै साफ । - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

सरकार, डा. केसीलाई जेल कोच्दे ! टन्टै साफ ।



दीपक घिमिरे

मेडिकल माफिया विरुद्ध निरन्तर अनसनरत डा केसी पछिल्लो समय प्रधानन्यायाधिसको आँखा को कसिङ्गर बने ।

प्रधानन्यायाधिस गोपाल पराजुलीको बर्खास्तगी लगायतको माग राखेर सोमवार दिउँसोबाट अनसन बसेका डा केसीलाई अदालतको मानहानी मुद्धामा पक्राउ गर्न आदेश जारी भयो । अनि सुरु भयो नेपालमा नयाँ तरङ्ग ।

आखिर किन तगारो बन्छन् डा केसी ? कहिले राजनैतिक दलको तगारो बन्छन् त कहिले मेडिकल माफिया को । यति बेला न्यायपालिका भित्रका भि आई पी को तगारो बनेका डा केसीका माग साच्चिकै गलत छन् त ?

एउटा अपराधी समात्न एक हप्ता भन्दा बढी समय खर्चने नेपाली सरकारले जनताको बोली बोल्ने डा केसीलाई समात्न कत्ती पनि समय खर्चनु परेन । सोमबार दिउँसो प्रधानन्यायाधिस विरुद्ध अनसन बसेका डा केसीलाई बेलुका नौ बजे अगावै पक्रन नेपाल सरकारको सुरक्षा दल सफल भयो । यस्तो अवस्थामा हामी सर्वसाधारण नेपालीले डा केसीलाई ठुलै अपराधी मान्ने वा जननायक ?

सर्वसाधारणलाई मुलुक भित्रै गुणस्तरिय स्वास्थ्य सेवा र सर्वसुलभ स्वास्थ्य शिक्षा सुनिश्चित गर्नका लागी आफ्नै ज्यानको प्रवाह नगरी हामी र हाम्रा भावी पुस्ताको लागी निरन्तर लागीपरेका डा केसीलाई हामी कसरी अपराधी भन्न सक्छौ ? या कसरी उनी अपराधी जस्तै प्रहरी हिरासतमा बसेको हेर्न सक्छौ ?

मेडिकल माफियाहरूले न्यायपालिका माथि पनि कब्जा जमायर आफ्नो अनुकूलको स्वास्थ्य नीति ल्याउन खोजेको सुईको पाएपछि प्रधानन्यायाधिस विरुद्ध अनसन बसेका डा केसीलाई प्रहरीले एउटा अपराधी जस्तै रातारात पक्राउ गरिनु नेपालीहरूका लागी सहनसिलताको विषय पक्कै होइन ।

चिकित्साशास्त्र अध्यन सस्थानको डिनमा डा शशी शर्मालाई बहाली गर्ने सर्वोच्चको निर्णय विरुद्ध अनसन बसेका डा केसीलाई अदालतको मानहानी मुद्धामा पक्राउ गरियो । केही समय अघि पद बाट हटाईएका डिन शर्मा लाई प्र्धान्यायाधिस गोपाल पराजुली र न्यायाधिस दीपक कुमार कार्कीको सयुक्त इजलासले पुनस्थार्पना गर्ने निर्णय गरेको थियो । यसै माथि मेडिकल माफियाको षडयन्त्र देखेका डा केसीले प्रधान न्यायाधिसको बर्खास्तगीको माग राखेर अनसन बस्नु हाम्रा लागी राम्रो कुरा थियो ।

तर सतीले सरापेको देश न हो नेपाल । सीमित पहुचवालाको मुठ्ठीमा भएको न्यायपालिका अनि कार्यपालिकाले डा केसीको माग लाई प्रहरी हिरासतमा ल्याएर टुङ्याउन खोज्दै छ । स्वास्थ्य क्षेत्रलाई गज्जबको कमाउने थलो बनाउन कम्मर कसेर लागेका दलालहरूले डा केसीलाई मारेरै या जेलमा कोचेरै भए पनि आफ्नो सपना साकार पार्ने दाउमा लागेका छन् ।

एउटा हैसियतमा पुगेर फर्केको नेता नेपालमा उपचार सम्भव नदेखेर विदेश उपचार गर्न राज्यकोषबाट ढुकुटी निकाल्छ । एउटा आर्थिक रूपमा सम्पन्न नेता सामान्य उपचारको लागी तेस्रो मुलुक धाउछ तर यही देशमा बस्ने जनता सिटामोल नपाएरै मर्छन् । पखाला लाग्दा जिबनजल नपाएर मर्ने देशमा आर्थिक उपार्जनका लागी स्वास्थ्य क्षेत्र दलालिकरण हुनु निक्कै दुख लाग्दो विषय हो ।

धनी र हैसियत वाला उपचारको लागी राज्यकोष बाट रकम लिएर विदेश उडिरहदा नेपालमै बस्ने एउटा गरिब चैँ एउटा सिटामोलको गोली फ्रीमा पाउने अवस्था छैन । यस्तो अवस्थामा सोझा जनता चुप बसेका छन् , जनताको लागी राजनीति गर्नेहरु चुप छन् तर तिनै एउटा गोविन्द केसी छन् जो सबैको अभिवाबक बनेर बेथिती विरुद्ध लड्दै छन् । उनी हाम्रा लागी लड्दै गर्दा स्वास्थ्य क्षेत्रमा आफ्नो पकड जमायर आर्थिक उन्नति चाहनेहरु चैँ उनका विरुद्ध लागेका छन् । सायद नेपाल र नेपालीका लागी यो दुखद विषय हो ।

पटक पटक एउटै माग राखेर अनसन बस्दा सरकार पनि तनावमा होला सायद यति बेला । एउटै मागलाई लिएर पटक पटक अनसन बस्दा सायद डा केसी पनि थाके होलान् । न उनको माग सुनुवाइ हुन्छ न त उनी अनसन बस्न छाडछन । यस्तो बेला सरकारले के गर्ने ? अस्त व्यस्त राजनैतिक अवस्था एकातिर छ भने अर्को तिर डा केसीको माग । ना रहे बाँस , ना बजे बाँसुरी । सर्कार , डा केसीलाई जेल कोच्दिय हुँदैन ? टन्टै साफ ।
यदि उनका माग नाजायज हुन र उनले गरेको अनसन गलत प्रवृत्तिको विकाशका लागी हो भने सरकारले के हेरेर बसेको छ ? गिरप्तार गरिसकेको छ , अदालत र न्यायपालिका माथिको मानहानीको मुद्दा चलाएर उनलाई आजिवन कारावास सजाय देवस । हामी सहन तयार छौ किनकि सरकारले डा केसी गलत भएको सप्रमाण सहित उनलाई जेल चलान गर्नेछ ।

तर एउटा हैसियत बिहिनको हैसियत स्वास्थ्य क्षेत्रमा सजिलै पुगोस , सिटामोल या जिबनजल नपाएर कोही मर्न नपरोस भन्ने माग दाबी गर्ने लाई किन पक्राउ आदेश दिने ? के डा केसी आफ्नै आर्थिक उपार्जनका लागी अनसन बसेका हुन त ?

हामी आफू अनुकूल समय नभैदिदा भगवानलाई समेत धिक्कार्छौ । एउटा असल मान्छेले दैबिय प्रकोप बेहोर्दा दैवलाई समेत तथानाम भन्ने गरेका छौ । भनेपछि गलत निर्णय लिएका प्रधानन्यायाधिस पराजुलीको बर्खास्तगीको माग गरेर अनसन बस्नु कौनसा गलत काम थियो र ? लोकतन्त्रमा जनता भन्दा ठुला कोही हुदैनन भन्ने सुनिन्थ्यो । तर अब गलत निर्णय गर्ने पराजुली विरुद्ध अनसन बस्न पनि नपाउने भए डा केसी ले ?

डा केसी जनताको लागी अनसन बसेका हुन यसमा दुई मत छैन तर उनको पक्राउ अदालती मानहानी विरुद्धको चैँ पक्कै होइन । यहाँ स्वास्थ्य क्षेत्रलाई आफ्नो मुठ्ठीमा पारेर धनी झन् धनी हुने अनि गरिब सिटामोल नपाएर मर्ने अवस्था निम्त्याउने मेडिकल माफियाको षडयन्त्र हो भन्ने सजिलै बुझिएको छ ।

यसैले सरकारले समस्या समाधानको लागी या सधैको लागी डा केसीको माग बाट उन्मुक्ती पाउनका लागी उनलाई झुट्टा मुद्दा लगाएर या झुट्टा मुद्धामा फसायर जेलमा कोच्दिदा हुन्छ । कि डा केसीका माग अक्षरंस पूरा होस , कि न्याय हराएको देशमा डा केसी जस्ता जन(नायक जेलमा सडेको सुन्न पाईयोस । आजका नेता अनि न्यायपालिका बाट हामी यो भन्दा ठुलो आशा राख्दैनौ ।