डा. बाबुरामले भने: प्रचण्डले पार्टी चलाउन नसकेर एमालेलाई जिम्मा लगाए ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डा. बाबुरामले भने: प्रचण्डले पार्टी चलाउन नसकेर एमालेलाई जिम्मा लगाए !



पोखरा । डा. बाबुराम भट्टराईले माओवादी पार्टी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी, नेपालका संयोजक समेत रहेका डा. बाबुरामले शनिबार पोखरामा आयोजित भेटघाट कार्यक्रममा यस्तो आरोप लगाएका हुन् ।

उनले सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने ठोकुवा समेत गरे । कार्यक्रममा डा. भट्टराईले भने– जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो । एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन ।’

उनले अगाडी थप्दै भने माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप प्रचण्डलाई लगाए ।