डिपिएलमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया बिजयी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डिपिएलमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया बिजयी



धनगढी , कैलाली । कैलालीको धनगढी शनिबारदेखि जारी डिपीएल–२ क्रिकेट अन्तर्गतको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड ३३ रनले विजयी भएको छ । महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्ससमक्ष १६९ को लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रदेश सातको संघीय प्रहरी इकाइ कार्यालय धनगढीको खेल मैदानमा भएको खेलमा महेन्द्रनगरका तर्फबाट सर्वाधिक पुनित मेहराले १८ बलमा नट आउट ३८ रन प्रहार गरे । कप्तान विनोद भण्डारीले २९ बलमा ३५ रन, पुनित विष्टले २४ र आरिफ शेखले २० रन बनाए ।

यस्तै बलिङमा विराटनगर किंग्सका मन्जित श्रेष्ठले २, कप्तान पारस खड्का र सुभम कामतले १ र १ विकेट लिए ।

त्यस्तै आज भएको पहिलो खेलमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको छ । सीवाईसी अत्तरियाले ६२ रनको लक्ष्य ७.३ ओभरमा ६५ रन बनाउँदै पुरा गर्‍यो । अत्तरियाबाट कप्तान सुवास खकुरेल १९ रन बनाएर आउट भए, यस्तै गौरव चित्तकारा ३० र प्रेम तामाङ १४ रनमा नट आउट रहे । यसअघि टस जितेर व्याटिङ रोजेको रुपन्देही १५.२ ओभरमा ६२ रनमा अल आउट भएको थियो ।

रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा सीवाईसीका कमलसिंह ऐरीले ४ विकेट लिए भने सुभांकर उराउले ३ विकेट लिएका थिए ।