दोहामा तीन नेपाली जितबहादुर ,मिलन र उमाकान्तको मृत्यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दोहामा तीन नेपाली जितबहादुर ,मिलन र उमाकान्तको मृत्यु



हिमाल पोस्ट /दोहा 

झापाका मिलन भुजेल झन्डै १० वर्ष अगाडी देखी दोहामा कार्यरत थिए । ओईलफिल्ड प्रोजेक्ट डेभलप्मेन्ट कम्पनीमा मेन्टीनेन्स सुपरभाईजरको रूपमा कार्यरत भुजेलले गाडी हाँक्न थालेकै सात वर्ष भन्दा बढी भएको थियो ।उनी कुशल चालक हुन । उनले चलाउने टोयोटा कम्पनीको पिकअपमा कुनै खराबी कहिल्यै रहन्थेन । उनी आफै कुशल कारीगर त्यमाथी आफै सुपरभाईजर ! आफ्नो गाडी लाई सधैँ अब्बल कण्डीसनमा राख्थे ।

दशा भनेको बाजा बजाएर आउदैन भन्छन् । मिलन भुजेल कतारको दुखान सहरमा केही मर्मत सम्भारको काम परेर आफ्नो पाँच जनाको टिम लिएर गए, समस्या समाधान गरेर फर्कदै थिए बाटोमा उनले हाँकेको पिकअप ले संतुलन गुमायो र दुर्घटना ग्रस्त भयो ।

निकै चौडा “दुखान रोड” को स्पिड लिमीट नै १२० किमी प्रति घण्टा हो । उनी लिमीट क्रस गरेर गाडी कमै चलाउथे तर दुर्भाग्य त्यो दिन दुखान रोडले मिलनको गाडीको रफ्तार देखी सहेन ..। पिकअप डिसब्यालेन्स भयो र पल्टीन पुग्यो । गाडी चालक मिलन ले दुरघटना स्थलमै ज्यान गुमाउन पुगे । उनी सँगै त्यही गाडीमा सवार अन्य दुई भाईहरु कास्कीका जित बहादुर बि.क र दाङका उमाकान्त चौधरीको पनि घटनास्थल मै ज्यान गयो ।

पाचँ जना गाडीमा सवार रहेकोमा दुई जनाको लागी भने भगवानले हात थापेछन । सामान्य उपचार पछि अस्पतालले दुई जनालाई डिस्चार्ज गरेको छ । तिन जनाको शव लाई यथासक्य चाँडो नेपाल पठाउन पहल गरिने कुरा कम्पनीका ब्यवस्थापक पदम आचार्यले बताउनुभयो ।