दोहाका ब्यबसायीहरु वक्राको फेमिली रिसोर्टमा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

दोहाका ब्यबसायीहरु वक्राको फेमिली रिसोर्टमा



ओम प्रकाश बानियाँ /दोहा, कतार

बिगत लामो समय देखि कतारमा बसोबास गर्दै आउनु भएका ब्यबसायी, सामाजिक अभियान्ताहरुको बनभोज एबम बारबिक्यु कार्यक्रम सम्पन्न भएको छ ।

जाडो समय यसै पनि पिकनिक समय भनेर चिनिने गरिन्छ । सबैले काहीं न काहीं गएर पिकनिक आयोजना गरेको देख्न सकिन्छ । दोहा देखि करिब १५-२० किलोमीटर पुर्व-दक्षिणमा अवस्थित अलवक्रा फेमिली रिसोर्टमा आयोजना भएको सो कार्यक्रममा विभिन्न पेशा, ब्यबसायी गर्ने देखि लिएर कतारमा श्रम गर्ने श्रमिकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

अनौपचारिक उक्त कार्यक्रम भेटघाट र परिवारलाई घुमाउने उदेश्य सहित आयोजना गरिएको कुरा ब्याबसायी टीबी कार्कीले बताउनु भयो । हप्ता भरि काम गरेको ज्यानलाई थोरै भएपनि रिफ्रेस गराउने उदेश्य सहित सो कार्यक्रम आयोजना भएको कुरा पुन कार्कीले थप्नु भयो ।

सो कार्यक्रममा टीबी कार्की, केबी हमाल, नरेश श्रेष्ठ, पुण केसी, हसराज ढकाल, धन्नेन्द्र लम्साल, पदम गिरी, रेवती धिमिरे लगायतको उपस्थिति रहेको थियो ।