२०७५ असार ५, मङ्लबार

मान्छे जस्तै अनुहार भएको कुकुर

April 9, 2018
211 Views
Spread the love
  • 239
    Shares

आफ्नो अनुहार कतिपय बेला कुनै सिनेस्टार, राजनेता या अन्य सेलिब्रिटीसँग मिल्न गए दङ्ग पर्छन्। यसो हुनु राम्रै हो, सोसल मिडियामा सक्रिय कलाकारहरूले पनि तपाईंको अनुहार कुन सेलिब्रिटीसँग मिल्छ भन्ने ठम्याउन सहयोग गर्न सक्छन्।

तर यस्ता कलाकारहरूले कहिले काहिँ नराम्ररी झुक्याइदिन्छन्। कहिलेकाँही ती कलाकारहरू तपाईंसँग अनुहार मिल्ने कुनै जनावर खोजेर साझा गरिदिन सक्छन् । यसो गर्नका लागि उनीहरूले फोटोसप या यस्तै अन्य कम्प्युटर प्रोग्रामको सहायता भने लिनु पर्ने हुन्छ ।

तर अमेरिकामा एउटा यस्तो कुकुर भेटिएको छ जसको अनुहार दुरुस्तै मान्छे जस्तो छ। यो कुनै फोटोसप गरिएको अनुहार होइन बल्कि योगी नाम गरेको यो कुकुर अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोबास गर्ने महिला च्यान्टल डेस्जार्डिन्सको हो । भर्खर मात्र एक वर्ष पुगेको योगीका केही तस्बिर डेस्जार्डिन्सले केही दिन अघि सामाजिक संजालमा पोस्ट गरेपछि तत्कालै भाइरल भएको थियो ।

यस कुकुरकी मालिक्नी डेस्जार्डिनले यो कुकुरको तस्बिर भिराल हुनुपूर्व आफुलाई कहिल्यै पनि योगीको अनुहार मान्छे जस्तै रहेको भन्ने बारे सोच्दै नसोचेको बताएकी थिइन् ।

अमेरिकाका कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरूले एकअर्कासँग यस कुकुरको तस्बिरको तुलना गर्दै फोटोहरू पोस्ट गरेको थियो ।
ठुल्ठुला आँखा भएको योगी सामुन्नेबाट हेर्दा दुरुस्तै मान्छेजस्तो देखिन्छ ।

Facebook Comments
  • 239
    Shares

You may be interested

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल

himal post - २०७५, ५ असार १०:५६

काठमाडौं– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग…

चार नाम भएका पेले र रोचक कथा
खेलकुद
0 shares15 views
खेलकुद
0 shares15 views

चार नाम भएका पेले र रोचक कथा

himal post - २०७५, ५ असार १०:४९

बीबीसी । विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा…

अझै मुक्त भएनन् कमलरी
पत्रपत्रिका
0 shares10 views
पत्रपत्रिका
0 shares10 views

अझै मुक्त भएनन् कमलरी

विशाल पाण्डेय - २०७५, ५ असार १०:०३

कान्तिपुर : धनगढी ,कैैैलाली । सरकारले कमलरी प्रथा उन्मूलन घोषणा गरे पनि कैलालीमा अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । एक सर्वेक्षणअनुसार…