उपत्यकामा चिकित्सक अब पाँच वर्षभन्दा बढी बस्न नपाउने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उपत्यकामा चिकित्सक अब पाँच वर्षभन्दा बढी बस्न नपाउने



स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले कुनै चिकित्सक ५ वर्षभन्दा बढी उपत्यकामा बस्न नपाउने गरी नियम बनाउन लागेको जानकारी दिएकी छन् ।

काठमाडौं, वैशाख १३ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्षलले स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले कुनै चिकित्सक ५ वर्षभन्दा बढी उपत्यकामा बस्न नपाउने गरी नियम बनाउन लागेको जानकारी दिएकी छन् ।

‘दुर्गम जिल्लाको नियुक्ति लिने अनि उपत्यका, सहरबजार र विदेशमा बस्ने चिकित्सकका कारण सेवा प्रवाह कठिन भएको छ,’ बुधबार गृहजिल्ला स्याङ्जामा उनले भनिन् ।

चिकित्सकको सहर मोहले स्वास्थ्य क्षेत्र समस्यामा परेको उनले बताइन् । पुरानो संरचना भत्किसकेको र नयाँ संरचनामा राज्य संचालन कार्यविधि विकसित भइनसकेको अवस्थामा राज्यमन्त्री अर्यालले कर्मचारीले समेत स्वास्थ्य क्षेत्रमा अटेर गर्न नहुनेमा जोड दिइन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट