डिभिजन टू का लागि नेपाली टोलीको घोषणा : को को परे त ? हेर्नुहोस नाम सहित ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डिभिजन टू का लागि नेपाली टोलीको घोषणा : को को परे त ? हेर्नुहोस नाम सहित !



काठमाडौं ।।  नामिबियामा यही महिना हुने विश्व क्रिकेट लिग डिभिजन टू का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले १४ नियमित र ४ वैकल्पिक खेलाडिको नाम घोषणा गरेको हो। खेल तालिका अनुसार डिभिजन टू को पहिलो खेल नेपालले आगामी २५ माघमा आयोजक नामिबियासँग खेल्नेछ। प्रतियोगिता आगामी २३ माघ देखि ४ फागुनसम्म चल्ने छ। प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ।

डिभिजन-२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले एकअर्का विरुद्ध प्रतिष्पर्धा गर्ने छन्। डिभिजन-२ का शीर्ष २ टिमले विश्वकप छनोटमा स्थान बनाउने छन्। कप्तान पारस खड्काको नेतृत्वमा उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्। यो टिममा दुईजना नयाँ खेलाडीले प्रवेश पाएका छन्। राष्ट्रिय टोलीमा अन्डर नाइन्टिनमा राम्रो प्रदर्शन गरेका अनिलकुमार साह र रोहित पौडेलले प्रवेश गरेका छन् भने यसअघि राष्ट्रिय टोलीमा रहेका विनोद भण्डारी र सागर पुन टीममा परेनन्।

डिभिजन टूका लागि नेपाली टोली:

पारस खड्का, कप्तान

ज्ञानेन्द्र मल्ल, उपकप्तान

शक्ति गौचन

वसन्त रेग्मी

शरद भेषावाकर

सोमपाल कामी

करण केसी

मोहम्मद आरिफ शेख

दीपेन्द्रसिंह ऐरी

सन्दीप लामिछाने

दीलिप नाथ

ललितसिंह भण्डारी

अनिलकुमार शाह

रोहित कुमार पौडेल

यी हुन् वैकल्पिक खेलाडी

सुनिल धमला

ललितनारायण राजवंशी

किशोर महतो

सिद्धान्त लोहनी