धुलाको कारण लम्कीचुहा-१ थपालीपुरका स्थानीय हैरान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

धुलाको कारण लम्कीचुहा-१ थपालीपुरका स्थानीय हैरान



रमित पाण्डे /लम्की,कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर १ ए टोलको बोटो भएर निर्माण सामाग्री ल्याउन जाने सवारी साधनले उडाएको धुलोले स्थानीय हैरान भएका छन् ।

ढुङ्गा, बालुवा, माटो, लगायत निर्माण सामाग्री ल्याउन हरेक दिन करीब ६० वटा ट्याक्टर टिपर चल्ने गरेका छ्न । लम्कीचुहा नगरपालीकाको विकासको लागी निर्माण सामाग्री बोकिरहेको भएपनि त्यसको प्रत्यक्ष फाईदा ठेकेदारले लीईरहेको स्थानीयले आरोप लगाएका छन् । निस्केको धुलो माटाले त्यस क्षेत्रका जनताले दुःख पाएका छ्न ।

बिहान ४ बजेबाटै साँझ ८ बजेसम्म बाट ट्याक्टर आउन सुरु गर्छन ट्याक्टर हिडेको आवाजले पढने विद्यार्थीलाई समेत समस्या भएको एक स्थानीय विद्यार्थीले बताउनु भयो । बषौ देखि यस्तो भईरहेको भएपनि यो समस्याको समाधान कसैले गर्न सकेका छैनन् ।