सुखड बजार क्षेत्र धुलाम्य: स्थानीयलाई सास्ती ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुखड बजार क्षेत्र धुलाम्य: स्थानीयलाई सास्ती !



विशाल पाण्डेय
सुखड ,कैलाली ।

कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिका वडा नं १ को मुटु भनेर चिनिने सुखड बजार क्षेत्रमा सडक धुलाम्य हुन थालेपछि स्थानीयबासिन्दा हैरान भएका छन् ।

सुखड – भजनी सडक खण्ड अन्तरगत सुखड बजार क्षेत्रमा चल्ने गाडीले दैनिक धुलो उडाउने गरेपछि स्थानीय वासिन्दा तथा व्यापारीहरू हैरान भएका हुन । सडकमा गुड्ने गाडीले उडाएको धुलोले मानिसहरू बिरामी पर्न थालेको र पसलमा राखेको सामानहरू ड्यामेज हुनलागेको स्थानियबासी तथा ब्यापारीहरुले बताएका छन् ।

“दैनिक सवारी साधन गुड्दा उड्ने धुलोका कारण रुघाखोकी , टनसिल , पिनास , आँखा रोग लगायतका अन्य रोगहरू लाग्ने के.सी क्लिनिकका सञ्चालक जनक केसीले बताए” । ‘यो धुलोका कारण बजार क्षेत्रका व्यापारी र स्थानीय बासिन्दाहरु बिरामी हुनेको सङ्ख्यामा वृद्धि भएको मेडिकल सञ्चालक केसीले बताए ‘।

“लाखौँ लगानी गरेर सञ्चालन गरेको पसल भित्रका कपडाहरू धुलोका कारण ड्यामेज भएको कपडा पसलका सञ्चालक होम आचार्यले बताए “। “नगरपालिकाले पिच गर्नको लागि ९५ लाख बजेट छुट्ट्याएको छ तर खोइ के कारणले गर्दा पिच गर्ने काम सुरु गरेको छैनन् , कि बर्खा सुरु भएपछि काम गर्छ्न वा आफ्ना मान्छेलाई टेन्डर दिनको लागि पिच गर्ने काम ढिलाइ गरेकाछ्न , जनप्रतिनिधिहरू यही बाटो दैनिक ओहोरदोहोर गर्नुहुन्छ खै किन हो उहाँहरूलाई यसमा आँखा जाँदैन स्थानीय व्यापारी आचार्यले बताए ।

उक्त सडकमा बढीजसो मालवाहक ट्र्क ,टिप्पर , बस ,टेक्टर लगायतका सवारीसाधनहरु तिब्रगतीमा गुड्ने भएकाले दिनानुदिन सडक धुलाम्य बन्दै गएको स्थानीय बासिन्दा पार्बती सापकोटाले बताए “।”अब गर्मीयाम सुरु भयो दिउँसो र साँझपख हावा चल्ने र सडकमा सवारी गुड्दा उड्ने धुलो घर भित्र पसि हैरान बनाएको बताए” । साथै अर्का व्यापारी सुनिल घायले स्थानीय वासिन्दा तथा व्यापारीहरू मिली आफ्नो घर र पसल अगाडी दिनमा तिन- चार पटक सम्म पानी हालेर पनि धुलो उड्न नछोडेको बताए । त्यस्तै पकाएर राखेको परिकारहरूमा धुलो उडेर त्यो त्यसै फाल्नु पर्ने बाध्यता रहेको होटेल संचालकहरुले बताए।

यता घोडाघोडी नगरपालिका कार्यालयका इन्जिनियर अशोक जोशीले उक्त बाटोको लागि ९५ लाख बजेट आएको जानकारी दिए । नगरपालिकाले बजेट छुट्याएर आइतबार सूचना जारी गरेको छ ।, सूचना जारी गरेको ३१ दिनमा टेन्डर खोली मूल्याङ्कन गरी सम्झौता गर्ने जोशीले बताए । इन्जिनियर जोशीले ४४५ मिटर लम्बाइ र १३ मिटर चौडाइको पिच बाटो बन्न लागेको छ , अब बर्खाले साथ दियो भने असारमा काम सकिन्छ यदि बर्खा बाधक बन्यो भने दसैँ अगाडि काम सकिने बताए ।

त्यस्तै घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाहीले सूचना निकालिएको छ अब केही समय पछि टेन्डर आह्वान गरिने बताए । साथै शाहीलाई पिच बाटो नबनुन्जेल धुलो नउड्नको लागि केही विकल्प अपनाउनु हुन्छ भन्दा अध्यक्ष शाहीले आफू अहिले बाहिर रहेको र आएपछि त्यसको बारेमा सोच्ने बताए ।