माओवादी सत्तामा आएदेखि राष्ट्रिय,अन्तराष्ट्रिय क्षेत्र लथालिङ्ग छ ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माओवादी सत्तामा आएदेखि राष्ट्रिय,अन्तराष्ट्रिय क्षेत्र लथालिङ्ग छ !



दीर्घराज प्रसाई

भारतले मधेसीहरुलाई उचालेर नेपालबाट तराई टुक्रयाएर खान खोजेको छ । ‘हिन्दी भाषा नेपालको सरकारी भाषा बनाउनु पर्छ’ भन्छन्। अव यही पारा रहिरहने र देशलाई यस्तै अन्योलग्रस्त बनाउने टपरटुइयाँहरुको भरमा पर्दै जाने हो भने नेपालको अस्तित्व बच्न सक्तैन । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल ध्वस्त गराउनमा व्यस्त छन् ! भारतबाट फर्के लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंगिकृत नागरिकता लिएका ब्यक्तिपनि देशको प्रमुख कार्यकारी पदमा पुग्न सक्ने गरी संविधान सशोधन प्रक्रिया अघि बढाएका छन् ।

प्रधानमंत्री पुष्पकमल दाहाल, बाबुराम भट्टराई र कृष्णबहादुर महरा इसाई हुन्। महरालाई अर्थमंत्री बनाएर लुटेका अबौं कालोधनलाई व्यवस्थित गराउन हो । माओवादी सत्तामा आएदेखि राष्ट्रिय,अन्तराष्ट्रिय क्षेत्र लथालिङ्ग छ। उनीहरु देशभित्र लुट मच्चाएर अर्बौंसम्पत्ति कुम्ल्याउनेमा केन्द्रीत छन् । मधेसी मोर्चाको माग पुरा गर्न प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रक्रिया अघि बढाएका छन् । संविधान संशोधनमा प्रधानमन्त्री दाहालले अंगिकृत नागरिकता र हिन्दी भाषामा सरकारी कामकाजको बिषय प्रमुख बनाएका छन् भने मधेसी मोर्चालाई सन्तुष्ट बनाउन राष्टिय सभामा जनसंख्याका आधारमा प्रतिनिधत्व बनाउने संशोधन प्रस्तावमा छलफल गरिरहेको बताईएको छ । हिन्दी र अंग्रेजी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने गरी प्रधानमन्त्री दाहालले छलफल अगाडी बढाएका छन् । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्ने तर्क गर्दै आएका छन् । मधेसी मोर्चाको माग पनि यही रहेको छ ।

भारतको बिहार राज्यमा ९ करोड भन्दा बढी जनसंस्था छ । त्यहाँका जनता यहाँका भन्दा अत्यन्त पिछडिएका र गरीब छन् । बिहारमा संघीयताको लागि भारत सरकारसँग माग गरिदैन । भारत संघीय राष्ट्र हो तर नेपाल जन्मदैको एकीकृत सार्वभौम राष्ट्र हो । ३ करोड जनसंस्था भएको एकीकृत नेपालमा कुनै हालतमा पनि संघीयता लागु हुनु हुँदैन ।

नेपाल जस्तो सानो राष्ट्रमा एक नेपाली जाति भएर नेपालको राष्ट्रियताका आधार स्तम्भ तथा सांस्कृतिक पहिचानहरुलाई अटल राखेर नेपाललाई धर्मयुद्धमा फसाउनेहरुबाट सचेत बनौं । विश्वमा संघीय राज्य र संघको निर्वाचनको सन्दर्भमा अमेरिकाको क्यालिफोर्निया राज्यको जनसंख्या ३ करोड ८८ लाख छ र क्षेत्रफल १लाख ६३ हजार वर्गमील छ । आएरल्याण्ड राज्यको जनसंख्या १० लाख छ, क्षेत्रफल १५०० वर्गमील छ । ती साना ठूला सबै राज्यहरुबाट २।२। जना सिनेटरहरु चुनिन्छन् । लगभग विश्वका देशहरुमा यस्तै चलन छ । तर नेपालको तराईमा जनसंख्याको आधारले जनप्रतिनिधि छान्ने हो भने नेपालको अस्तित्व कायम गर्न सकिदैन । त्यसोभएकाले तराईमा जनसंस्थाको आधारमा जनप्रतिनिधि छान्ने व्यवस्था अत्यन्त अव्यवहारिक तथा विखण्डनकारी छ । यस्तो खतरनाक सोचाई कुनै पनि सच्चा नेपालीले गर्न सक्तैन । यो त सिधै नेपाललाई विस्थापित गर्ने विदेशहरुको षडयन्त्र मात्र हो ।

नेपालले आफ्रनो सार्वभौमसत्ता सुदृढ बनाउन आफ्रना सांस्कतिक परम्परा र हिन्दु अधिराज्यलाई आफ्नो राष्ट्रिय एकताको आधार ठान्छ । हिमवतखण्ड विभिन्न स–साना साज्यहरुमा विभक्त भइसकेको अवस्थामा गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा ५४ भन्दा बढी स–साना स्वतन्त्र हिन्दु राज्यहरु–नुवाकोट, कीर्तिपुर, कान्तिपुर, ललीतपुर, भक्तपुर, मकवानपुर, बाइसी, चौबिसी, पाल्पा, कास्की लगायत अनेकौं हिन्दु राज्यहरुलाई एकीकरण गरेर नेपालको एकीकरणको बेलादेखि बनेको हो- हिन्दु अधिराज्य नेपाल ।अव नेपाली जनताले १२ बुँदे सहमतिमा सक्रिय भएर हस्ताक्षर गर्ने माओवादी नेता प्रचण्ड, एमालेका नेता माधव नेपाल लगायत अन्य राष्ट्रघातीहरुलाई समातेर स्पष्टिकरण लिने र उनीहरुले भूल स्वीकारेर सार्वजजिक रुपमा क्षमा मागेनन् भने राष्ट्र विप्लवमा कारवाही चलाइनु पर्दछ ।