धेरै दर्शक स्रोताको प्रतिक्षामा रहेको "मर्ने मिती” गितको भिडियो सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

धेरै दर्शक स्रोताको प्रतिक्षामा रहेको “मर्ने मिती” गितको भिडियो सार्वजनिक(भिडियो सहित)



समिर प्रकाश पाण्डे

फिल्मि शैलीमा जस्तै केहि दिन अगाडि मात्र टेलर सार्वजनिक गरी धेरै दर्शक श्रोताले प्रतिक्षा गरेको लोक दोहोरी क्षेत्रमै फरक र अहिले संम्मकै धेरै लगानीमा निर्माण भएको भनिएको लोक दोहोरी गित ” मर्ने मिति” को फुल भिडियो बजारमा अाएको छ ।

भिडियोमा अभिनेत्री सारिका के सी कपाल खौरीएको तथा पिडित महिलाको रुपमा देखिएकी छिन भने उनलाई साथ दिएको छन मोडल तथा सर्जक बिमल अधिकारीले उक्त अभिनेत्री के सी को खौरीएको कपालले गर्दा पनि दर्शक तथा स्रोताहरुको ध्यान बढिनै तानिरहेको छ । निर्देशक कपिल लामाको निर्देशनमा काठमान्डौ वरपरको सुन्दर दृश्यमा सुटिङ गरिएको भिडियो लाई सुरेस श्रेष्ठले खिचेका छन् भन्ने सुजन शाहिको सम्पादन रहेको छ ।

बिमल अधिकारी र दम्बर चन्दको शब्द युवापुस्ताले रुचाएका संगितकार रामु खड्काले लय सिर्जना गरेको मर्ने मिति गितमा चर्चित गायिका बिष्णु माझि र मोहन खड्काले स्वर भरेका छन । समिर अधिकारीको प्रस्तुतिमा रहेको यस गितलाई भावना म्युजिक सोलुसन ले बजार ब्यवस्थापन गरेको छ ।