धेरै पढेर बाबुराम जी बहुलाउनु भयो :प्रचण्ड (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धेरै पढेर बाबुराम जी बहुलाउनु भयो :प्रचण्ड (भिडियो सहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व सहपाठी डा. बाबुराम भट्टराईलाई ‘बहुलाएको’ संज्ञा दिएका छन् ।

५३ औँ जातिय विभेद विरुद्धको दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भट्टराईलाई इँगित गर्दै बहुलाएको दाबी गरेका हुन् ।

‘कतिपय हाम्रा ठूल्ठूला बुद्धिजिवी भन्ने साथीहरु सानो कुरा बुझ्न सक्दैनन् । प्राप्त भएका उपलब्धि रक्षा गरेर नयाँ उपलब्धी हासिल गर्नुपर्छ भन्ने कुरा बुझ्दैनन्,’ उनले भने,‘ धेरै पढ्यो भने धेरै नबुझ्ने हुन्छन् । हाम्रो पार्टीमा बल्ल बल्ल मैले दुख गरेर एउटा बुद्धिजिवीलाई नेतृत्वमा पुर्याएको थिएँ ।

उहाँले धेरै पढ्नु भयो र झन्डै झन्डै बहुलाउनु भयो । देख्नुभएको छ तपाईंहरुले । अरु पनि को को बुद्धिजिवि बहुलाउँदै जाने हुन भन्ने डर लाग्न थालेको छ । त्यस्तो नहोस् ।’