धर्मको खोल ओडेर गरिने अपराध स्वीकार्य छैन: गृहमन्त्री थापा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

धर्मको खोल ओडेर गरिने अपराध स्वीकार्य छैन: गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थिरता निम्त्याउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरुलाई सरकारले कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोलि प्रहारको घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै गृह मन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनामा संलग्न भएको आरोपमा  दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजविन जारी रहेको बताए ।

गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गर्न र कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । उनले भने, ‘‘जातियता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनिहरुलाई कारवाहीको दायरमा ल्याईनेछ ।’’ प्रतिनिधिमण्डलको मागबमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडि बढाउने समेत उनले बताए ।

प्रतिनिधिमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानविन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दू धर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपचार खर्च सरकारले व्यहोर्नुपर्नेलगायतकाम माग राखेका थिए