धनगढी प्रिमियर लिगलाई जगदम्बा इन्टरप्राइजेजले १० लाख दिने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

धनगढी प्रिमियर लिगलाई जगदम्बा इन्टरप्राइजेजले १० लाख दिने



धनगढी , कैलाली । कैलालीको धनगढीमा आगामी चैत १७ गतेबाट हुने भनिएको धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले १० लाख दिने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीद्वारा आज आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगतराज ढुङ्गानाले उक्त प्रतियोगितालाई प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताअनुसार प्रतियोगिताको सहआयोजक अब जगदम्बा इन्टरप्राइजेज रहनेछ भने आयोजकले सम्पूर्ण प्रवद्र्धनात्मक क्रियाकलापमा जगशक्तिको लोगो प्रयोग गर्नेछ ।

उक्त प्रतियोगितामा काठमाडौँ गोल्डेन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र टिम चौराह धनगढीको सहभागिता रहनेछ ।

आयोजकका अनुसार करिब तीन करोड खर्च लाग्ने बताएको छ । उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभिएस अपाची १८० सिसीको मोटरसाइकल पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी एकजना पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई अर्जुन खड्का स्मृति सम्मानस्वरुप जनही एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ ।   -रेडियो धनगढीको सहयोगमा