धनगढीमा छ्याप छ्याप्ती नक्कली नोट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

धनगढीमा छ्याप छ्याप्ती नक्कली नोट



धनगढी । धनगढीमा पाँच सय र एक हजारका नक्कली नोटहरु छ्याप छ्याप्ती भेटिन थालेका छन । एकपछि अर्को गर्दै नक्कली नोट फेला पर्न थालेपछि धनगढीका व्यापारी र सर्वसाधारणमा त्रास फैलीएको छ ।
गत पौष अन्तिम साता मात्रै नेपाली नक्कली नोट छाप्ने गिरोह मध्येका दुई जना भारतिय नागरीकलाई कञ्चनपुरबाट पक्राउ गरीएको थियो । सोही गिरोहका अन्य व्यक्तीले नक्कली नोट बजारमा ल्याएको आसंका गरिएको छ ।

२५ हजार नगद जम्मा गर्न धनगढी स्थित राष्ट्रिय बाणिज्य बैंकमा लामो समय सम्म लाइनमा बसेर पालो पाउनुभएका धनगढीका फणेन्द्र साउद, जाली नोट भएको भन्दै फर्काईएपछि झस्कीए । २५ हजारको गड्डीमा ५ सयको एउटा नोट नक्कली भएको भन्दै बैंकले साउदलाई गड्ी नै संकास्पद भएको भन्दै फर्काएको छ ।

धनगढीको एलएनचोकमा रहेको एम के प्लानेटका सञ्चालक खेमराज जोशी र दिनेश मोवाईल ग्यालरीका सञ्चालक चन्द्र थापा पनि नक्कली नोटले ठगिएका छन् । साझको बेला ५ सयको रिचार्ज गर्न आएका एक जना व्यक्तीले जोशीलाई नक्कली नोट दिएर ठगेका हुन् भने थापाले नक्कली नोट कसरी आयो भन्ने भेउ पाएनन् ।

सक्कली जस्तै देखिने ५ सय र केहि मात्रामा एक हजारको पनि नक्कली नोट बजारमा भेटीन थालेपछि व्यवसायीसंगै सर्वसाधारण पनि त्रासमा छन् ।
नक्कली नोटमा लालीगुराँसको पानी छाप छैन भने नोटको रंग र अक्षर पनि मधुरो छ । त्यस्तै सुरक्षाका लागि राखिने धागो नक्कली छ । बजारमा जाली नोटहरु एकपछि अर्काे गर्दै भेटिन थालेको व्यवसायी कमल बमले बताए ।

नोट नक्कली वा सक्कली छुट्ट्याउन सर्वसाधारणलाई केही कठिनाइ हुने भएपनि बैंक तथा वित्तीय संस्थाले सहजै पत्ता लगाउन सक्छन् । वित्तीय संस्थाले नोट नक्कली वा सक्कली छुट्ट्याउन अल्ट्रा भायोलेट लाइट भन्ने मेसिन राख्ने गरेका छन् ।
नक्कली नोट विभीन्न बैंक तथा विक्तीय सस्थामा पनि पुगेको छ तर त्यसको जानकारी भने राष्ट्र बैंकलाई गराईएको छैन ।

बजारमा छ्याप छ्याप्ती नक्कली नोट भेटिएपनि राष्ट्र बैङमा उजुरी नआएको नेपाल राष्ट्र बैंक धनगढीका उप निर्देशक रमेश आचार्यले बताए ।
सामान्यतया नोटमा कागजको गुणस्तर, धागो, पानी छाप हेरेर सक्कली हो वा नक्कली भनेर छुट्ट्याउन सकिने भएकोले ठगिनबाट बच्न तपाईले पनि ध्यान पुगाउनुहोला । साभार : दिनेश खबर /फाइल तस्बिर