धनगढीमा भएको खप्तड गोल्डकपमा एपिएफ विजयी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

धनगढीमा भएको खप्तड गोल्डकपमा एपिएफ विजयी



धनगढी, पुस २२ । कैलालीको  धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले हराउँदै शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ ।
निर्धारित समयमा दुवै टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा सहाराका सुशन गुरुङ, विजय श्रेष्ठ, मान बहादुर तामाङ र फूर्वा लामाले गोल गरे पनि लक्ष्मण जिसीको प्रहार भने एपिएफका गोलकिपरले रोकेका थिए ।
एपिएफ लागि अञ्जन विष्ट, सुदिप शिखरकार, आदित्य चौधरी, राजु नगरकोटी रञ्जन विष्टले गोल गरे । प्रतियोगितामा भोली धरान फुटवल क्लव र संकटा क्लवविच खेल हुनेछ ।