धरहरा निर्माण नगर्ने टेलिकमको सङ्केत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धरहरा निर्माण नगर्ने टेलिकमको सङ्केत



९ भदाै , काठमाडौँ ।

पुरातत्व विभाग र स्थानीयबासीले असहमति जनाएपछि नेपाल टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्ने तयारी गरेको छ । धरहरा क्षेत्रमा व्यापारिक कम्प्लेक्स निर्माणमा पुरातत्व विभाग र स्थानीयबासीले असहमति जनाएपछि टेलिकम पछि हट्न खोजेको हो ।

सरकारले अघिल्लो वर्ष टेलिकमको लगानीमा धरहरा बनाउने निर्णय गरेको थियो । सरकारसँग टेलिकमले धरहरामा व्यापारिक क्षेत्र कायम गर्ने र ३० वर्षसम्म आफूले सञ्चालन र व्यवस्थापन गर्ने प्रस्ताव गरेको थियो ।
टेलिकमले गोश्वारा हुलाक, टक्सार विभाग लगायतको जग्गालाई समेटेर धरहरासँगै ८ रोपनी जग्गामा ४ तले व्यापारिक कम्प्लेक्स बनाउन पुरातत्वसँग स्वीकृति मागेको थियो ।

तर, पुरातत्व विभागले पुरातात्विक क्षेत्रमा व्यापारिक कम्प्लेक्स निर्माणका लागि स्वीकृति दिन नसकिने अडान लिएको छ । स्थानीयबासीले पनि टक्सार विभाग हटाएर त्यहाँ अग्लो भवन नबनाउन चेतावनी दिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरू समेत संलग्न एक बैठकमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टेलिकमले प्रस्ताव गरेअनुसार व्यापारिक कम्प्लेक्स निर्माणका लागि स्वीकति दिन नसकिने बताएका छन् ।

जवाफमा नेपाल टेलिकमकी महाप्रवन्धक कामिनीराज भण्डारीले लगानी उठ्ने वातावरण नभए टेलिकमले धरहरामा लगानी गर्न नसक्ने बताएको एक सहभागीले जानकारी दिए ।