देउवाले आज राजिनामा नदिने भए, कारण यस्तो छ ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देउवाले आज राजिनामा नदिने भए, कारण यस्तो छ !



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजिनामा नदिने खुलासा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आजै राजिनामा नदिनेबारे छलफल भएको बुझिएको छ ।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री देउवाले आजै पदबाट राजीनामा दिने टुंगो भईनसकेको पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनका अनुसार आफू नेतृत्वको सरकारले राष्ट्रिय सभाको लागि तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म नाम अनुमोदन गरेकी छैनन् ।

त्यस्तै प्रधानमन्त्री देउवा आज जनताको नाममा सम्बोधन गर्ने भनेर तयारी समेत गरेका थिए । तर, सम्बोधन गर्ने वा नगर्ने भन्नेबारे पनि अहिलेसम्म कुनै टुँगो लागेको छैन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम राष्ट्रपतिलाई बुझाए आजै नभए भोली प्रधानमन्त्री देउवाले राजीनामा दिने भनिएको थियो । रिपोर्टर्स नेपाल बाट