पौडेल र सिटौलालाई निस्तेज गर्न बिधान संशोधन गर्दै देउवा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पौडेल र सिटौलालाई निस्तेज गर्न बिधान संशोधन गर्दै देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध लागेका नेताद्धय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई ठिक पार्ने भन्दै पार्टीको विधान संशोधन गर्ने तयारी गरेका छन् ।

देउवाले विधान संशोधन गरेर पदाधिकारी मनोनयन गर्ने तयारीमा रहेको देउवा निकट एक स्रोतले जनाकारी दिएको छ । स्रोतका अनुसार देउवाले एक जना बरिष्ठ उपसभापतिसहित ४ जना उपसभापति र एक महामन्त्री मनोनित गर्नेगरी विधान संशोधनको तयारी थालेका छन् । सबै पदमा आफ्ना मान्छेलाई ल्याउने तयारी देउवाको छ ।

देउवाले विधान संशोधन गरेर ७ वटै प्रदेशमा सह–महामन्त्री बनाउने तयारी गरेको स्रोतले जानकारी दियो । थपिएका पदमा आफ्ना मान्छेहरुलाई नियुक्त गरेर पौडेल र सिटौला समूहलाई ठेगान लगाउने मनस्थितिमा देउवा रहेका छन् ।